Friday, March 28News That Matters

पोखरा बुलौदि सडकखण्डमा निजि सवारी दुर्घटना

यो समाचार शेयर गर्नुहोस्

पोखरा ४/ मङ्गलवार/ पोखरा  लेकसाइड हल्लनचोक जिरो किमि सडकखण्ड अन्तर्गत पर्ने बुलौदिमा सवारी दुर्घटना भएको छ।

मङगलवार बिहान करिब ५ बजे हल्लनचोक तर्फ बाट जिरो तर्फ आइ रहेको बा ५ च ४२४५ नम्बरको निजि सवारी बुलौदि सडकखण्डको उकालोमा अचानक सडक बिचमा रहेको गार्डेन डिभाइढर माथि चढेपछि दुर्घटना भएको छ। दुर्घटनाको अवस्था र प्रकृति हेर्दा  सवारि तिव्र गतिमा आएको हुन सक्ने अनुमान गर्न सकिन्छ।

 यसभन्दा पहिला पनि सोहि सडकखण्डमा  पटकपटक दुर्घटना भएपछि  कास्की ट्राफिक प्रहरिले दुर्घटना रोकथामका लागि वाटर डिभाइडर तथा साङ्केतिक रुपमा रिफ्लेक्स बोर्ड हरु राखेको थियो ।

यसो त दुर्घटना भएको सो क्षेत्रलाइ कास्की ट्राफिक प्रहरीले दुर्घटना ग्रस्त क्षेत्रको रुपमा सङ्केत गरेको छ।

कास्की ट्राफिक प्रहरिका अनुसार दुर्घटना भएको  निजि सवारी नियन्त्रणमा लिइएको भएपनि सवारीमा दुइजना रहेको वताइए पनि  अझै सम्पर्कमा कोहि नआएको जिल्ला ट्राफिक प्रहरी वरिष्ठ प्रनानि तथा सुचना अधिकारि राजिव विष्ट ले वताए।

प्रतिकृया दिनुहोस