Sunday, May 18News That Matters

कास्किकोट पोखरा सम्पर्क समिति द्वारा आयोजित दरखाने कार्यक्रम सम्पन्न

यो समाचार शेयर गर्नुहोस्

पोखरा / शनिबार कास्कि कोट पोखरा सम्पर्क समिति द्वारा पोखरामा आयोजित महिलाहरूको तिज विशेष दरखाने कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार पोखरामा सम्पर्क समितिका अध्यक्ष चिन्तामणि अधिकारिको अध्यक्षतामा भएको आयोजित कार्यक्रमका प्रमुख अतिथि महानगर पालिका वडा अध्यक्ष तथा समितिका पुर्व अध्यक्ष भरत वहादुर अधिकारिले शनिवार पोखरामा कार्यक्रमको उद्घाटन गर्दै सम्पर्क समितिले यस्ता कार्यक्रम को आयोजना गरेर एक आपसमा भेटघाट गर्ने चिनजान तथा सद्भाव बढाउदै एकताको सन्देस दिने वताउदैै वडाको तर्फबाट सदा साथ र सहय‍ोग रहने प्रतिवद्दता जनाउदै दिदीबहिनी हरुलाइ दरखाने हरितालिक तिज कोा शुभकामना दिनु भयो।

कार्यक्रममा सम्पर्क समितिका सस्थापक अध्यक्ष दुर्गा तिमिल्सिना ,डा यमनाथ तिमिल्सिना ,पुर्व जनप्रतिनिधि सन्तु सुवेदि लगायतले शुभकामना दिनु भएको थियो। साथै सल्लाहकार क्याप्टेन दिनाकर मल्लले शुभकामना दिनुहुदै आयोजित दरखाने कार्यक्रमा दसहजार नगद प्रदान गर्नु भएको थियो । सम्पर्क समितिको आयोजित कार्यक्रममा सम्पर्क समिति का पदाधिकारी सदस्य लगायत उपस्थित सामाजिक ब्यक्तित्वले समेत स्वैच्छिक सहयोग गर्नु भएको थियो ।

कार्यक्रमका सयोजक दुर्गा गिरिले कास्की कोट पोखरा सम्पर्क समिति समिति मात्रै नभएर हामी दिदिबहिनी हरुका लागि माइति जस्तै भएको वताउदै उपस्थिति सबैलाई शुभकामना दिनुहुदै यस्ता कार्यक्रम लाई निरन्तरता दिदै जानू पर्ने वताउनु भयो।

आयोजित दरखाने कार्यक्रममा वडा सदस्य कास्की कोट सम्पर्क समिति का पुर्व अध्यक्ष लगायत सदस्य तथा सल्लाहकार बिभिन्न सँघ सँस्था बाट बिशिस्ट व्यक्क्तित्व वुद्दिजिवि उध्य‍ोगि व्यवशायि दिदिबहिनी तथा दाजुभाइ हरुको समेत उपस्थिती रहेको थियो। सम्पर्क समितिका अध्यक्ष चिन्तामणि अधिकारिको अध्यक्षतामा भएको आयोजित कार्यक्रम समितिका सचिव डिल्लीराम भट्टराइले सञ्चालन गर्नु भएको थियो भने स्वागत मन्तब्य समितिका उपाध्यक्ष योगेन्द्र सुवेदिले दिनु भएको थियो।

प्रतिकृया दिनुहोस