लामो समयसम्म तानातान असहमति जस्तो अवस्था देखिए पनि अन्तत गण्डकी प्रदेसमा दुई ठुला दलमा सहमति भएको छ।
गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय भएकोमा मन्त्रालय फोरेर भएपनि भागवण्डामा सहमति जुटेपछि २ वटा थपेर ९ मन्त्रालय बनाइएको छ ।
गण्डकी प्रदेश सरकारको आईतबार बसेको मन्त्री परिषद बैठकले गण्डकीमा ९ वटा मन्त्रालय बनाउने निर्णय गरेको हो ।
यसअघि गण्डकीमा ७ मन्त्रालयमात्र भएको र गण्डकी प्रदेशमा शुरुमा १२ मन्त्रालय, त्यसपछि ११ र ८ मन्त्रालय बनाइएको थियो । मन्त्रालय धेरै बनाइएको भन्दै सर्वत्र आलोचना भएपछि खगराज अधिकारी आफू मुख्यमन्त्री भएपछि ७ मन्त्रालयमा झारेका थिए ।
तर हाल आएर फेरि ७ मध्ये २ वटा मन्त्रालय विभाजन गरेर ९ वटा मन्त्रालय बनाउने निर्णय भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आईतबार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिए ।
मुख्य मन्त्री पाडेका अनुसार आइतबार बसेको मन्त्री परिषद बैठकले वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्रालयलाई वन तथा वातावरण र उद्योग तथा पर्यटन मन्त्रालय बनाउने निर्णय गरेको छ । त्यस्तै, बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई टुक्राएर सामाजिक विकास र स्वास्थ्य गरेर छुट्टाछुट्टै मन्त्रालय बनाउने निर्णय गरेको बताए ।
पत्रकार माझ बोल्दै मन्त्रालय फुटाउने निर्णयमा सत्ता साझेदार नेकपा एमालेपनि सहमत रहेको उनले दाबी गरे एमालेकै सहमतिमा मन्त्रालय फुटाउने निर्णय गरेको वताए। ’
मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाए पनि खर्च नबढ्ने दाबी गर्दै। हिजो गण्डकीमा ७ वटा मन्त्रालय भएपनि ९ वटा मन्त्रालयकै संरचना पहिले देखिनै रहेकाले मन्त्रालय बढाउँदा खर्च नबढ्ने वताए ।
उनले यसअघि देखि नै गण्डकीमा वन तथा वातावरण र उद्योग तथा पर्यटन मन्त्रालयको सबै संरचना रहेको , सामाजिक विकास र स्वास्थ्य मन्त्रालयको पनि छुट्टाछुट्टै संरचना रहेको बताए । यसअघि ७ जना मन्त्री थियौं। संरचना र त्यसका लागि ९ वटा नै कार्यालय सचिव लगायत कर्मचारीपनि थिए । त्यसैले अहिले मन्त्रालय थपिदा मन्त्रीको मात्रै खर्च थपिने हो । त्यसले खास खर्च बढ्दैन । सामान्य खर्च बढ्न सक्ने मुख्य मन्त्री पाण्डेले वताए
मन्त्रालय थपिएसँगै एमालेपनि सरकारमा सहभागि हुने जानकारी गराउदै मुख्यमन्त्री पाण्डेले कांग्रेसले ५ र एमालेले ४ मन्त्रालय लिनेगरी दुई दलबीच सहमति भएको वताए । कुन मन्त्रालय कसले लिने भन्ने सहमति भइ नसकेको बताउँदै अब छिट्टै एमाले सग सहमति हुनेमा आफू विश्वस्त रहेको वताउदै अब छिट्टै नै सहमति सहितको पुर्ण सरकार वन्ने वताए ।
पोखरामा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाले उपमहासचिव तथा सूचना, प्रविधि तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले त गण्डकीमा गठबन्धनको मर्म अनुसार सरकार नबनेको भन्दै असन्तुष्टि प्रकट गर्दै ‘कहिं नभएको जात्रा गण्डकीमा भनेर टिप्पणी समेत गरेका थिए ।
यता मुख्यमन्त्री पाण्डे भने केन्द्रको गठबन्धन अनुसारै गण्डकीमा पनि सरकार बन्ने बताउदै , उहाँले कुरै नबुझी त्यस्तो टिप्पणी गर्नु भएछ,आइतबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले पार्टीको नेताले कुरा नबुझी बोल्दाको परिणाम हो यो । पार्टीको नेतालाई शीर्ष नेताले गरेको सहमति थाहै नभई बोल्दा बिग्रिएको हो ।’
मुख्यमन्त्री पाण्डेले गठबन्धनको मर्म अनुसार गण्डकीमा सरकार बन्ने बताएपनि आफूलाई सङ्कटमा साथ दिएका फणीन्द्र देवकोटा र राजिव गुरुङ मनाङ्गे लाइ भने कुनै हालतमा नहटाउने सङ्केत गरे।