हिजो ७ शालमा राणा शासन हटाएपछि २ हजार ७ शाल आयो फागुन ७ प्रजातन्त्ररुपि नया लाग्यो चिल्लो पात भन्ने गित गुञ्जिए देखि आजसम्म आइपुग्दा नेपाली जनताले के पाए त भन्दा हिजो बोल्न पनि नपाएकाले बोल्न पाए राणा शासन हटाएपछि स्वतन्त्रता पाए भन्ने नेताहरुले आज सम्म के नेपाली जनताका मौलिक हक अधिकार गाँसबास कपास स्वास्थ्य शिक्षा रोजगारका बारेमा जनतासम्म जनताकै मनमनमा तनतनमा पुगेर गहिरिएर बुझेका रहेछन् त ? नेपाली जनताको पिर मर्का पिडालाइ नजिक बाट बुझेका रहेछन् त ? भन्ने प्रस्न यतिबेला माइति मण्डलामा मात्रै हैन झोपडि देखि वँङला सम्म पुगेको छ।
त्यसैले भन्नै पर्ने हुन्छ नेपाली जनताले पटकपटक रगत बगाएर ल्याएका व्यवस्था मध्ये सबैभन्दा उच्चतम भनिएको व्यवस्थामा जनताको सरकार आएपछि झन् भ्रष्टाचार झाङ्गिएर मात्र गएन झन् त्यस्ता भ्रष्टचारि माफिया तस्करलाइ हरुलाइ प्रसय दिदै जनताको सरकार भनिएको पटकपटक सत्तामा रहेको जुनसुकै पाटिको सकारले जुन भ्रष्टाचारि लाई नै पुरस्कार दिने काम गरेको छ। ठुला भनिएका दल हरु र राजनितिक इतिहास बोकेका होउ भन्ने नेताहरुले जहाँ जहाँ दमदार मालदार निकाय छन् त्यहाँ त्यहा आ आफ्नो मान्छे राख्ने जुन प्रवृति देखाउदै आएका छन् ।
७ शाल देखि कहिले प्रजातन्त्र ,कहिले पञ्चायति व्यवस्था , कहिले सुधारिएको पञ्चायति व्यवस्था ,कहिले सम्वैधानिक राजतन्त्र सहितको बहुदलिय प्रजातन्त्र भएको व्यवस्था कहिले लोकतन्त्र, अहिले सँघिय लोकतान्त्रिक गणतन्त्र व्यवस्था सम्म आइपुग्दा नेपाली जनताले जहिले पनि व्यवस्था का नाम पद्दती फरकफरक पाएपनि शासन सत्तामा उहि पुरानै अनुहार देखेर दिक्क परेका मात्रै हैन पछिल्ला केहि दसक यता त भ्रष्टाचार रुपि अनुहार लाई पटकपटक सत्तामा देखेपछि र देसलाइ वर्वाद पार्ने हरुनै पटकपटक कोहि १७ पटक मन्त्रि हुने कोहि पाँच पाँच पटक कोहि चार चार पटक कोहि तीन तीन पटक उहीँ हिजो मुखिया जिम्माल हरुले विवाह गरेर मुखिनि र जिम्माल्नि ल्याए जस्तो सत्तालाइ सत्यनारायणको प्रसाद मागि मागि खाए जस्तो गरि साम दाम दण्ड भेद चारै अस्त्र प्रयोग गरेर जसरी भएपनि सत्तामा पुग्ने हरुलेे गरेका भ्रष्टचार र गैर जिम्मेवार प्रवृति देखेर नेपालि जनता यति आजित भएका रहेछन् कि दस बर्षे जनयुद्द भन्दा पनि अझ बिशाल जनविद्रोह हुने सङ्केत हरु भुसभित्र आगो सल्किए जस्तो गरि सामाजिक सञ्जाल देखि सार्वजनिक स्थलसम्म देखिन थालेका छन्।
त्यो नै नेपाल र नेपाली जनताका लागि इतिहासमै नभएको अभिसाप बन्दै गयो। एकतिर हजारौं भ्रष्टाचार का फायल थन्किएका छन् नेपाली जनता महङगि वेरोजगार मात्रै हैन सहकारि काण्डले दिनप्रतिदिन घायल भइरहेका छन अर्कोतिर तिनै जस जसका भ्रष्टाचार अनियमितताका फायल छन् जस जसलाइ भ्रष्टचारको आरोप लागेको छ जस जसलाइ अनुसन्धानको दायरामा ल्याउनु पर्ने देखिन्छ उनै उनै झण्डा फरफराउदै मन्त्रि माननीय सासद मात्रै हैन उल्टै भ्रष्टचारि हरुलाइ कारवाहि गर्ने निकायमा पुगेका छन्।। उनै उनैलाइ जो भ्रष्टचारको आरोप लागेका हरु छन् उनै उनैलाइ उल्टै भ्रष्टचारि लाइ कारवाहि गर्ने निकायमै अख्तियारि दिनेकाम जनताको सरकारले गर्ने काम गर्दै आएको छ ।जसले गर्दा कमसेकम हिजो बुढापाकाले भन्ने गरेको घिउमा माखो परे माखो फाल्नु घिउ नफाल्नु चियामा माखो परे माखो मात्र हैन चियानै फाल्नु भने जस्तै यसको ठिक विपरीत यतिबेला भने ठुला भनिएका दल र नेताहरुकै कारण नेपाली जनताले घिउमा परेको माखो मात्रै हैन घिउ माखो एकै पटक नेता मात्रै हैन व्यवस्थानै माइति मण्डलाबाट मात्रै हैन बालुवाटार देखि वालकोट वङ्गला सम्म वानेस्वर देखि सिहदरवार सम्म पेरिस डाडामात्रै बुढानिलकण्ठ बल्खुका बङ्गला सम्म पुगेर नेपाली जनताले घिउ माखो फाले झै गरि नेता र सत्ता मात्रै हैन व्यवस्था नै फाल्ने हुन् कि भन्ने खतरा बढेर गएको छ।
यिनै दल र नेताहरुकै कारण हिजो हजारौं सहिद वेपत्ता घाइते भएर रगतको खोलो बगाएर आफुहरुलेनै ल्याएको व्यवस्था र आफुहरुलेनै बर्षौ देखि नेता मान्दै मत दिदै सत्तामा पटकपटक पुर्याएका पाटि र नेताहरुलाइ सदाका लागि जनविद्रोह सहितको विदाइ गर्न र नेपालि जनता यस्ता कदम चाल्न बाध्य भएका छन् ।
किन भने यदि ठुला भनिएका दल र पुराना भनिएका नेताहरु अलिकति पनि जिम्मेवार बनेर भ्रष्टचारिलाइ बचाउनतिर भन्दा कारवाहि गर्नतिर लाग्थ्ये भने नेपाली जनताले भ्रष्टचारिलाइ फालेर घिउ बाट हैन चिया बाट माखो फालेजस्तो व्यवस्था नफालेर माखो फाले जस्तो हुने ठानेर चित्त बुझाउथ्ये तर नेताहरु भ्रष्टचारमा यति लत्पतिएर गएकि माखो मात्रै हैन घिउकै भाडो फाल्नु पर्ने भनेजस्तो गरि व्यवस्थानै फाल्नु पर्छ भन्न थाले यसको मुल कारण यस्तो अवस्था ल्याउनु र आउनुको मुख्य कारण र पात्र भनेका तिनै ठुला दल र नेताहरु नै हुन् भन्दा फरक नपर्ने देखिन्छ।
किन भने पछिल्ला केही केहि बर्षयता ठुला भनिएका दलका ठुला नेताहरुले नै खुलम् खुल्ला लाजै नमानि भ्रष्ट तस्कर माफियाहरुलाइ बचाउने प्रयास मात्र हैन उल्टै झन् सँरक्षण र पक्षपोषण गर्न थालेका छन् त्यति मात्र कहाँ हो र तिनै भ्रष्टचारि हरुलाइ उल्टै जनताको जनताले बनाएको जनपक्षिय सरकारका मन्त्री होउ भन्ने कुरा लाइ मसक्कै बिर्सेर उल्टै भ्रष्टाचार कै नाइके बन्न थाल्छन् भने राम राम भन्न सकिएला काध थाप्न ता सकिँदैन नि भनेर पाटि पङतिका हरुले नै सार्वजनिक अभिव्यक्ती दिन थालेका छन् । जसले गर्दा सरकार ठुला भनिएका राजनितीक इतिहास बोकेका दल र तिनै दलका नेताहरुले र पटकपटक जनतालाइ जनताकै सरकार भन्दै जनतालाइनै झुक्याएर भ्रष्टाचारि लाइ तिरस्कार गर्ने ठाउमा उल्टै पुरस्कार दिने काम गर्छन् भने नेपाली जनताले हातमा दहि र टाउकोमा गिदि शरिरमा रगत जमाएर बस्नेवाला छैनन् ।#चेतना भया
