पोखरा जिरो बागलुङ हाइवे सडकखण्ड फिर्के पुल भन्दा केही तल गुडिरहेको ग२० प ३७२१ नम्बरको पल्सर मा अचानक आगलागि भएको छ।
कास्की ट्राफिक प्रहरि कार्यालय सुचना अधिकारि (वप्रनानि) राजिव विष्टका अनुसार साझ करिव ७.४५ बजेको समयमा गुडिरहेको पल्सर मोटरसाईकलमा आगलागि भएपनि चालक सुरक्षित रहेको वताए।
पोखरा महानगर पालिकाको दमकल आइ आगो निभाएको जानकारी गराउदै उनले मोटरसाईकलमा भने क्षति भएको वताए। के कसरी आगलागी भयो भन्ने वारे एकिन हुन नसकेको भएपनि मोटरसाइकलमा विध्युतिय सट भएकै कारण आगलागी भएको हुन सक्ने प्रहरिको अनुमान छ।