सराङ खेल शुभारम्भ सगै पर्यटक मात्रै हैन, ऐतिहासिक साँस्कृति तथा धार्मिक क्षेत्र बन्दै सराङ्कोट
by डाँडाघरे खबर
यो समाचार शेयर गर्नुहोस्
हिन्दु धर्मावलम्बीहरुको महान् चाड बडादशैको अवसरमा मा पोखरा १८ सराङकोटमा विशेष फूलपाती बढाई कार्यक्रमसँगै परम्परागत बजाइने बाजागाजा सहित साराङ्ग युद्ध कौशल प्रदर्शन सहित पहिलो पटक शुभारम्भ गरिएको छ। धार्मिक तथा पर्यटन विकास समिति १८ द्वारा आयोजित कार्यक्रममा वडा अध्यक्ष सदस्य , वडावासि ,क्षत्रि समाज नेपालका पदाधिकारि तथा महिला दिदिबहिनि हरु समेत राष्ट्रिय परम्परागत पोसाकमा उपस्थिति रहेको थियो भने सराङ् खेल युद्द कोशल प्रदर्सन गरिएको थियो ।
नेपालको इतिहास राज्य एकिकरणसँग जोडिएको युद्व साराङ्ग खेल र विशेष फुलपाती बढाई कार्यक्रम जोडिएको साराङ्ग नाचलाई खेलको रुपमा करिव ७०० वर्ष पुरानो शाह बंशीय राजा कुलमण्डल शाहको पालादेखि कास्की कोट धुपि चौरमा गरिदै आएको भएता पनि सराङ्कोटमा समेत यस्ता ऐतिहासिक महत्त्व बोकेका धार्मिक तथा परम्परागत सँस्कारलाइ निरन्तरता दिदै सँरक्षण गर्ने र दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने उदेस्यका साथ क्षत्री समाज नेपाल पोखरा १८ को अगुवाईमा सराङ खेल युद्द कौसला प्रदर्सनको शुभारम्भ गरिएको सराङकोट धार्मिक विकास समितिका अध्यक्ष प्रेम वहादुर जिसिले वताए।
फुलपाति बडाइ तथा सराङखेल शुभारम्भ कार्यक्रमको अवसरमा गण्डकी प्रदेशका सांसद गणेशमान गुरुङले राज्य एकिकरणसँग जोडिएको युद्व साराङ्ग खेललाई सकृय बनाएकोमा खुसी व्यक्त गर्दै यसले नयाँ पुस्तामा एकिकरणको झल्को देखाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
नेपालको धार्मिक ऐतिहासिक संस्कृति र परम्परा सबै जाति भन्दा माथि रहेकाले साराङ्ग खेललाई धार्मिक पर्यटनसंग जोडी यूवा पुस्तालाई सहभागी गराउन सके विश्वमै सराङकोटको पहिचान रहने आफु हरुको विश्वास रहेको क्षत्री समाज नेपालका महासचिव कृष्ण बहादुर थापाले बताए ।
कास्किकोटमा दरबार रहदा सराङकोटमा हतियार भण्डारण क्षेत्रको रुपमा परिचित रहेको मानिन्छ । हाल सराङकोटमा विशाल शिव मन्दिर पञ्चमुखी गणेशको विशाल निर्माण भईरहेको छ भने भूमेकालिका देवी, भैरभ मन्दिर, चण्डी मन्दिर समेत पुनः निर्माण गरिएको छ । आगामी शिबरात्रीमा सबै निर्माण कार्य पूरा भइ सक्ने तयारीस्वरुप काम अगाडि बढाइएको र हालसम्म २६ करोड खर्च भैसकेको सराङकोटको पहिचानलाई पूननिमार्ण संगै भ्यूटावरको निमार्णले पर्यटकलाई आकर्षण दिईरहेको वडा अध्यक्ष शिव प्रसाद तिमिल्सिनाले वताए।
सराङ्कोट यस मानेमा पनि उत्कृस्ट मानिन्छ कि जहाँ बाट चारै दिसाको दृस्य नजिकै बाट अवलोकन गर्न सकिन्छ। जहाँ पोखराको हल्लन चोक बाट पाँच मिनेटमा पुग्न सकिन्छ भने केवुलकार बाट पन्ध्र मिनेटमै पुग्न सकिन्छ ।