Friday, March 28News That Matters

एसपि ओलिया आए लगत्तै बहुप्रतिक्षित ट्राफिक लाइट सञ्चालनमा : अकासे पुलको आवस्यकता

यो समाचार शेयर गर्नुहोस्

पोखरा

लामो समय देखी प्रतिक्षारत ट्राफिक लाइट सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा  एसपि श्याम बाबु ओलिया सरुवा भएर आए लगत्तै ट्राफिक लाइट सञ्चालनमा आएको छ। पहिलो दिन पत्रकार भेटघाट कार्यक्रमको अवसरमा उनले छिटोभन्दा छिटो सम्वन्धित निकाय सग समन्वयन गरि ट्राफिक लाइट सञ्चालनमा ल्याउने वताएका थिए।

 पोखराका मुख्य मुख्य चोकहरुमा ५ ठाउमा जडान गरिएका ट्राफिक लाइट मध्ये पोखराको मुख्यच‍ोक पृथ्वि चोकमा रहेको ट्राफिक लाइट अस‍ोज २३ गते  मङ्गलवार करिव ३ बजेदेखि सञ्चालनमा आएको छ। 

पहिलो पटक पृथ्वि चोकमा सञ्चालन गरिएको छ भने बाकि ट्राफिक लाइट अन्य सभागृह चोक ,सृजना चोक महेन्द्रपुल विरौटा चोकमा पनि विस्तारै सञ्चालनमा ल्याउन लागेको कास्की ट्राफिक प्रहरी कार्यालय सुचना अधिकारि तथा वप्रनानि राजिव विष्टले वताए। 

वप्रनानि विष्टका अनुसार ट्राफिक लाइटको बारेमा आम सर्वसाधारण पैदलयात्रु सवारी चालकहरुमा समेत अभ्यास नभएको र कतिपयलाइ यसबारे ज्ञान नभएकै कारण केही समय ट्राफिक प्रहरी सडकमै खटेर सचेत गराउनु पर्ने आवस्यक रहेको उनले वताए।

ट्राफिक लाइट सञ्चालन गरेसगै सभागृह पृथ्वी चोक सडकखण्ड चोक झन् जाम हुन पुगेको आम चालक सडक प्रय‍ोग कर्ताले मात्रै नभएर स्वय डिउटिमा खटिइ रहेका ट्राफिक प्रहरिले समेत वताए। 

यसबारे कास्की ट्राफिक प्रहरी कार्यालयका वप्रनानि विष्टले सृजना चोक सभागृहचोक पृथ्वी चोकमा रहेका ट्राफिक लाइट दुरि टाइमिङ एक्जस्ट नभएको वताएका छन्।

ट्राफिक लाइट जडान गर्ने कम्पनि सँग सम्पर्क गर्दा भने कम्पनिका सञ्चालक अमृत रेग्मिले  ‘हामीले सम्पुर्ण सिष्टम सहित ट्राफिक लाइट सञ्चालनका लागि चापि समेत कास्कि ट्राफिक प्रहरि लाइ बुझाइ सकेको हुदा अबका दिनमा ट्राफिक लाइट टायम दुरि ट्राफिक प्रहरिले नै त्यहाको अवस्था र आवस्यकता हेरि  एक्जस्ट गर्नु पर्ने उनले वताए’

यसो त यसभन्दा पहिला पनि ट्राफिक लाइट केहिदिन सञ्चालनमा आएपनि प्राविधिक कारण देखाएर बन्द गरिएको थियो।

पोखरामा जति पनि सडक सँरचनाका विकास हुन्छन् हचुवाका भरका हुने गर्छन्  जसले गर्दा एकातिर आधि अर्कोतिर झोलुङ्गे भनेजस्तै पृथ्वी चोकमा आधि सृजनाचोकमा झोलुङ्गे भनेजस्तो अवस्था  देखिएको छ। 

एकातिर साँघुरा सडक अर्कोतिर आइकन्टेक हुन नसक्ने चोक  ट्राफिक लाइट अनुसार ट्राफिक व्यवस्थापन गर्न समस्या देखिएको छ भने अर्कोतिर  मुख्यचोक पोखराको पृथ्वी चोक मात्रै नभएर यहाका ट्राफिक लाइट जडान गरिएका सबै चोकमा जबसम्म अकासेपुल राखिदैन तबसम्म ट्राफिक लाइट अनुसार ट्राफिक व्यवस्थापन गर्न नसकिने  ट्राफिक प्रहरीले नै वताइ रहेका छन्। 

कतिपय सवारी चालकले नजानेर नबुझेर  ट्राफिक नियम उलङ्घन गर्ने त कतिपय चालकले जानिजानि ट्राफिक नियम उलङ्घन गर्ने र ट्राफिक लाइट र लेनको ख्यालै नगरि सवारि अगाडि बडाउने गर्दा ट्राफिक प्रहरिलाइ सवारी पास गराउन र ट्राफिक नियम पालना गराउन हम्मे हम्मे परेको देखिन्छ।

कतिपय पैदल यात्रुले ट्राफिक लाइटको ख्यालै नगरि बाटो काट्ने गर्दा र ट्राफिक लाइट बारेमा अनभिज्ञ हुदा एउटै चोकमा दर्जनौ ट्राफिक प्रहरी खट्नु पर्ने अवस्था आउनु तर ट्राफिक जनशक्ति  अभाव हुनुले गर्दा ट्राफिक लाइट अनुसार व्यवस्थापन गर्दा  ट्राफिक प्रहरी धेरै खटिनु पर्ने अवस्था देखिएको छ भने अर्कोतिर झन् सडक जाम हुन थालेको छ।। 

प्रतिकृया दिनुहोस