Sunday, May 18News That Matters

पुर्व प्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने प्रहरी नियन्त्रणमा

यो समाचार शेयर गर्नुहोस्

पोखरा

अन्तत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पुर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्।

बनस्थलीस्थित आफ्नै पार्टी केन्द्रीय कार्यालयबाटै आजै साँझ शुक्रबार प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको छ।

Dadagharekhabar.com

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनी विरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय पुगेको थियो। उनलाई पक्राउ गर्ने सुइको पाउने बित्तिकै रास्वपाका हजारौं कार्यकर्ता जम्मा भएका थिए।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले सुर्यदर्सन सहकारीको ६५ करोड भन्दा बढि रकम ल्याएर गोर्खा मिडिया नेटवर्कका नाममा अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताउदै उनले आफूलाई राजनीतिक प्रतिस‍ोध साध्ने नियतका साथ पक्राउ गरेको तर्फ सङ्केत गर्दै यो आफुमाथि देसकै पुरै शक्ति लागिपरेको जनाउदै घटित घटनालाई देशको आशा र भरोसा र विश्वास माथि समेत प्रहार भएको वताएका छन्।

Dadagharekhabar.com


उनलाई नियन्त्रणमा लिएपछि प्रहरीले पोखरा तर्फ ल्याउनेक्रममा रास्वपाका कार्यकर्ता तथा समर्थकहरुले गल्छि मुङ्लिङ लगायत बिभिन्न ठाउमा सडकमा निस्केर नारावाजि गरि रहेका खवर प्राप्त भएका छन्। यता रास्वपा कास्कीले भने सरकारले राजनीतिक पुर्वाग्रह राखेको जनाउदै बिधिको शासन लाई मान्ने कानुनलाइ सन्मान गर्ने पाटिको नीति रहेको जनाएको छ।
रविमाथि मात्रै सहकारी ठगि काण्डमा नियन्त्रणमा लिइ रहदा अन्य पाटिका आरोपित नेताहरुलाइ पक्राउ नगर्नुले सरकार पुरै पुर्वाग्रह राखेको हुदा सरकार बाटै न कानुनको खिल्ली उडाउने काम भएको वताएको छ।

प्रतिकृया दिनुहोस