पोखरा १५ ढुङ्गेसाँघुमा विश्वशान्ति विराट महायज्ञ तथा कोटिहोम हुने
by डाँडाघरे खबर
यो समाचार शेयर गर्नुहोस्
पोखरा
अन्नपुर्णेश्व शिवालय शिवशक्तिधाम तथा वृहत धार्मिक क्षेत्रविकास समितिको आयोजनामा २०७८ मंसिर १७ देखि २७ सम्म पोखरा १५ ढुङ्गेसाँघु क्षेत्र पटनेरीमा ऐतिहासिक ‘शुक्लागण्डकी विश्वशान्ति विराट महायज्ञ एवं कोटिहोम’ को आयोजना हुने भएको छ।
वाचन सङ्कल्प कर्ता सँरक्षक ज्योतिषाचार्य शोभााकान्त ढकाल (कृपालु दास ज्यु) प्रमुख रहनु भएको ऐतिहासिक कोटि होमलाइ सफल बनाउन पण्डित दिपक सापकोटा, नेत्र पराजुली, ऋषि पौडेल, कृष्ण दमाई, अर्जुन कृष्ण गन्धर्व, राधा किसोरी दासी, दीन दयाल रेग्मी, प्रा. डा. नारायण प्रसाद अधिकारी, चैतन्य कृष्ण, लोकानन्द स्वामी, धुर्व ढुङगाना लगायतका विभिन्न साधु सन्तहरूको आशीर्वचन रहनेछ।
अत्यन्तै महत्त्वपूर्ण मानिदै आएको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको पोखरा महानगरपालिकाको वडा नं. १५/१७ मा अवस्थित पवित्र र प्रसिद्ध स्थल ढुङ्गेसाँघु पटनेरी क्षेत्र धार्मिक तथा ऐतिहासिक स्थलको रुपमा परिचित रहेको छ।
आयोजित पत्रकार भेटभाघाट कार्यक्रममा विराट महायज्ञबाट प्राप्त हुने आम्दानीलाई अनाथ बालबालिकाको शिक्षामा, समाधीधामको निर्माणमा, ६५ जना ब्राह्मणहरूको सम्मानमा, २२५ घरधुरीलाई खानेपानीको सुविधा प्रदान गर्न, सरकारी विद्यालयको स्तरवृद्धिमा, १०८ ऐतिहासिक धाराहरूको पुनर्निर्माणमा, क्रियापुत्री भवनको निर्माणमा, तथा निःशुल्क शव दाह संस्कारका लागि दाउरा उपलब्ध गराउने जस्ता विभिन्न सामाजिक तथा धार्मिक परियोजनाहरूमा उपयोग गरिने वताईएको छ।
माछापुच्छ्रे हिमालको फेदीबाट उत्पन्न शुक्ला गण्डकी नदी यही क्षेत्रमा पूर्ण रूपमा प्रकट हुन्छिन्, जहाँ दुई ठूला ढुङ्गाहरूको प्राकृतिक संरचनाले बनेको पुललाई ‘ढुङ्गेसाँघु’ का रूपमा चिनिन्छ। यस क्षेत्रका वरिपरि विभिन्न देवीदेवताका मन्दिरहरू र ऋषिहरूको तपोस्थल रहेका छन्। त्रेता युगमा भगवान रामले माता सीतासहित यहाँ स्नान गरेका थिए भन्ने पौराणिक प्रसंग रहेको छ, र सीताका पदचिन्हहरू आज पनि यहाँ ‘सीतापाइला’का नामले प्रसिद्ध रहेको छ।
प्रत्येक मकर संक्रान्तिमा यहाँ सूर्यनारायणको उत्तरायण हुने अवसरमा श्रद्धालुहरूको भव्य मेला लाग्ने यस पवित्र स्थललाई पुराणमा ‘गुप्त हरिहर क्षेत्र’ का रूपमा समेत उल्लेख गरिएको पाइन्छ।
आयोजकका अनुसार यस विराट महायज्ञबाट प्राप्त हुने आम्दानीलाई अनाथ बालबालिकाको शिक्षामा, समाधीधामको निर्माणमा, ६५ जना ब्राह्मणहरूको सम्मानमा, २२५ घरधुरीलाई खानेपानीको सुविधा प्रदान गर्न, सरकारी विद्यालयको स्तरवृद्धिमा, १०८ ऐतिहासिक धाराहरूको पुनर्निर्माणमा, क्रियापुत्री भवनको निर्माणमा, तथा निःशुल्क शव दाह संस्कारका लागि दाउरा उपलब्ध गराउने जस्ता विभिन्न सामाजिक तथा धार्मिक परियोजनाहरूमा उपयोग गरिनेछ छ
आयोजकका अनुसार यस विराट महायज्ञबाट प्राप्त हुने आम्दानीलाई अनाथ बालबालिकाको शिक्षामा, समाधीधामको निर्माणमा, ६५ जना ब्राह्मणहरूको सम्मानमा, २२५ घरधुरीलाई खानेपानीको सुविधा प्रदान गर्न, सरकारी विद्यालयको स्तरवृद्धिमा, १०८ ऐतिहासिक धाराहरूको पुनर्निर्माणमा, क्रियापुत्री भवनको निर्माणमा, तथा निःशुल्क शव दाह संस्कारका लागि दाउरा उपलब्ध गराउने जस्ता विभिन्न सामाजिक तथा धार्मिक परियोजनाहरूमा उपयोग गरिनेछ छ भने, विराट महायज्ञ आयोजनामा करिब ९५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ,। चन्दा स्वरूप लगभग २ करोड २५ लाख रुपैयाँसम्म संकलन गर्न सकिने अपेक्षा गरिएको आयोजकले वताएका छन्। पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको छ।
अन्नपुर्णेश्व शिवालय शिवशक्तिधाम तथा वृहत धार्मिक क्षेत्रविकास समिति द्वारा आयोजना गर्न लागिएको यश धार्मिक तथा ऐतिहासिक कोटिहोम सफल गराउनका लागि वडा नं. महानगर पालिका वडा नम्बर १५ कार्यालय, पटनेरी टोल विकास संस्था, नमुना आमा समूह, जागृति आमा समूह, श्री गण्डकी रिभर साइड युवा क्लबको समेत आर्थिक भौतिक रुपले सहयोग रहेको वताइएको छ। विभिन्न सँघ सँस्था साथै भक्तजन हरुको सहजताका लागि र कोटिहोम सफल पार्न र सहयोग समर्थनका लागि आयोजकले सबैमा अनुरोध गरेको छ। ९८५६०१२३८६, ९८०४१०४९७४, ९८४६००२०३४, ९८४२२८०७७३, ९८५६००२५१