पोखरा
पोखरा वरपर क्षेत्रमा आज परेको असिना पानी हावाहुरिले विभिन्न ठाउँ प्रभावित भएको छ।
किसानले बर्षभिरिको परिश्रम गरेर उत्पादन गरेको धान कार्तिकमा थन्क्याउने बेलामा आज सोमबार दिउसो देखि चलेको हावा हुरि बतास सगै परेको असिना पानिले पोखरा मात्रै नभइ सिङ्गो कास्कीमा ठुलो क्षति पुर्याएको छ।
आजको असिना पानिले पोखरा २४ का रामचन्द्र थापाले आज पचासौ मुरि धानमा क्षति पुर्याएको वताएका छन्।
यसैगरी वडा नम्बर ५ का वडा सदस्य गोविन्द पराजुलीले लुम्लेकाडे नाउँडाडातिर असिना पानी परेको भिडियो पोष्ट गरेदै आजको भारि बर्षाले किसान अत्यन्तै मर्कामा परेको वताएका छन्।

T.N dhungana
मौसक परिवर्तन सगै किसानले धान काट्ने थन्क्याउने बेलामा यसरी असिना पानिले क्षति पुर्याएपछि किसान हरु अत्यन्तै चिन्तित छन्। पोखरामा स्थानिय सरकारले जेठोबडो धानदाइ महत्त्व दिने गरि थालेको अभियान लाई पोखराका किसानले स्वागत गरेका थिए।

तस्बिर :- सामाजिक संजाल
तर आजको बर्षाले भएको क्षति बारे ठोस विवरण लिन्छ वा लिदैन, किसानको पीडा र मर्कालाइ स्थानीय सरकारले बुझ्छ वा बुझ्दैन, महत्त्व दिन्छ वा दिदैन त्यो भने हेर्न बाकि नै छ।
