पोखरामा केहिबेर झडप : पत्रकार समेत घाइते लामिछानेलाइ १० दिनको म्याद थप
by डाँडाघरे खबर
यो समाचार शेयर गर्नुहोस्
पोखरा
पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई आज म्याद थप गर्ने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध कार्यक्रम गरेको छ।
अश्रुग्यासप्रहार आन्दोलनकारी माथी
दिपावली तिहार सकिए लगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीले आज म्याद थप्न जिल्ला अदालत हाजिर गराउने भएपछि रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूले पार्टी कार्यालय घण्टाघरबाट विरोध र्यालीसहित पोखराको वाइचोकमा पुगेका थिए।
अश्रुग्यासप्रहार आन्दोलनकारी माथी आन्दोलनतितरबितर
प्रहरीले अश्रुग्यास प्रहार गरेपछि केहीबेर स्थिति तनावपूर्ण रह्यो। आन्दोलनकै क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भइरहँदा रिपोर्टिङको क्रममा रहेका कास्कीका पत्रकार गण्डकी छड्केका क्यामरापर्सन राजकुमार माझीमाथि बिना कारण प्रहरी झुम्मिएर कुटपिट गरेको छ, जसमा कतिपय आन्दोलनकारीसमेत घाइते भएका छन्।
पत्रकारलाई लछार पछार गर्दै प्रहरीपत्रकारलाई लछार पछार गर्दै प्रहरी पत्रकारलाई लछार पछार गर्दै प्रहरी पत्रकारलाई लछार पछार गर्दै प्रहरी पत्रकारलाई लछार पछार गर्दै प्रहरी अश्रु ग्यास आन्दोलनकारिमाथी
रास्वपाको आन्दोलन आज पोखरामा चर्किएको छ। आन्दोलनको क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा स्थिति तनावपूर्ण बन्यो। आन्दोलनमा सहभागी एक वृद्ध आमालाई समेत प्रहरीले पक्रेर लगेपछि स्थिति झनै जटिल बन्दै गयो। यसैबीच, विरोध प्रदर्शनलाई रमेश प्रसाई, सोविता गौतम लगायतका नेताहरूले सम्बोधन गर्दै शान्तिपूर्ण आन्दोलन गर्न अनुरोधसहित संयम रहन आग्रह गर्दै सरकारलाई ठाडो चुनौती दिएका थिए।
प्रहरीको पोजिशन
पछिल्लो जानकारी अनुसार, पूर्व गृहमन्त्री रवि लामिछानेको मुद्दामा बहस सकिएसँगै उनलाई थप १० दिनको म्याद थप गरिएको छ। अघिल्लो म्याद थपिएपछि दिपावलीको बिदा परेको कारण म्याद थपिएको थिएन, जसले गर्दा आज १० दिनको म्याद थपिएको हुन सक्ने अनुमान गरिएको छ।
अश्रु ग्यास प्रहरीमाथि नै फ्याकेपछी
रास्वपाले भोलिका दिनमा गर्ने विरोधका कार्यक्रम सार्वजनिक गरेको छैन। उपस्थित सबै आन्दोलनकारीबीच सम्बोधनकै क्रममा माननीय सोविता गौतमले भने, “यदि सरकारले यही गतिविधि गर्दै गयो भने हिंसात्मक आन्दोलन पनि हुन सक्ने” सङ्केत गर्नु भएको छ। कस्तो हिंसात्मक आन्दोलन हुने हो, त्यसबारे भने उल्लेख गरिएको छैन।