पोखरा
पोखरा महानगरपालिका वडा नम्बर २२ मा रहेको धार्मिक पर्यटकिय स्थल शान्तिस्तुपा नजिकै पुम्दीकोट बाट छोरेपाटन तर्फ आउँदै गरेको बस दुर्घटना भएको छ ।




नव युग डान्स क्लव दाङबाट आन्तरिक पर्यटक लाई भ्रमणको लागि लिएर आएको रा १ ख २१०६ नम्बरको मिनी बस चालक बाट अचानक नियन्त्रण गुम्न गई सडक छेउमा रहेको रुखमा अड्किएकै कारण ठुलो दुर्घटना हुन बाट जोगिएको छ।
दाङ देखि घुम्न आएका बसमा सवार महिला ७ जना र पुरुष १७ जना गरी जम्मा २४ जना थिए भने जसमध्ये २ जना घाईते भएका छन् ।

पोखराका ग्रामीण वडामा रहेका पर्यटकिय स्थल जाने सडकमार्ग खासै सुरक्षित नरहेको र बाहिर बाट पर्यटक लिएर आउने सवारी चालकहरुलाइ सडकको अवस्था बारे अनबिज्ञता भएकै कारण पनि दुर्घटना हुने गरेका छन् ।
घाइते दुबैलाई नमस्ते अस्पताल बिरौटामा उपचार भएको छ भने बसलाई क्रेनको सहायताले निकालीएको कास्की ट्राफिक प्रहरीले जनाएको छ ।
घाइते हुनेमा दाङ तुल्सीपुर उपमहानगरपालिका ४ बस्ने बर्ष १७ की सन्ध्या रसाईली र बर्ष १९ की मनिषा रसाईली रहेका छन् ।
पोखराका कुनै पनि पर्यटकिय स्थलमा जाने सडक त्यति सुरक्षित नरहेको पोखरामा बर्षौ सवारी चलाउने चालकहरुले वताउदै आइरहेका छन्।
तर सम्वन्धित निकायको भने सडक सुरक्षित बनाउने उपाय बारे ध्यान जान नसकेको प्रति स्थानिय को गुनासो रहदै आएको छ।





















