Sunday, March 23News That Matters

“पोखरामा ४० प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता आयोजना, उत्कृष्ट खेलाडीलाई विभिन्न पुरस्कार”

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरामा शुक्रबारदेखि शिव ४० प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता हुने भएको छ। चालिस वर्ष उमेर पुगेकाहरुलाई लक्षित गर्दै मंसिर ७ र ८ गते उक्त प्रतियोगिता आयोजना गरिने हो।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टीमले नगद ५० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछन् भने दोस्रो स्थानमा रहने टीमलाई नगद २५ हजार, ट्रफी र मेडल प्रदान गरिनेछ, आयोजक शिव भट्टराइले जानकारी दिए।

भट्टराइका अनुसार, प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १,५०० र ट्रफी तथा बेस्ट कीपरलाई नगद १,००० र ट्रफी दिइनेछ।

प्रतियोगितामा सहभागी हुनका लागि टीम दर्ता शुल्क ५,५०० रहेको छ, र आगामी मंसिर ५ गते बेलुका ५ बजे सम्म दर्ता गर्न सकिने आयोजकले जनाएको छ। प्रतियोगिता रानीपौवा स्पोर्ट्स सेन्टरमा हुनेछ।

प्रतिकृया दिनुहोस