पोखरा
पोखरा / जिल्ला प्रहरी कार्यालय कास्की अगाडी पुगेका पत्रकारहरुलाई समाचार सङ्कलनकै क्रममा कास्की प्रहरीको प्रबक्ता समेत रहेका डिएसपी बसन्तकुमार शर्माको नेतृत्वमा रहेको प्रहरी टोलीले समाचार सङ्कलन तथा भिडियो लिनेक्रममा अरोध गर्नुका साथै पत्रकार हरुमाथि नै दुर्व्यवहार गरेक़ा छन।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई रुपन्देहि बाट पोखरा कास्की प्रहरीको हिरासतमा ल्याइएको समाचार संकलनका लागि पोखराको गहिरापाटनस्थित जिल्ला प्रहरी कार्यालय अगाडी पुगेका पत्रकारहरुलाई डिएसपी शर्मा नेतृत्वमा रहेको प्रहरी टोलीले दुर्ब्यबहार गरेको हो।
पार्टी सभापति रबि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुर्याए पछि त्यहाँ शान्तिपूर्ण तरीकाले जम्मा भएका रास्वपाका नेता कार्यकर्ता तथा समर्थक हरुलाई प्रहरीले गिरफ्तार गर्न खोजे पछि फोटो तथा भिडियो खिच्दै रहेका पत्रकारहरुमाथि प्रहरी जाइलागेको थियो। सोहि क्रममा कास्की प्रहरीका एक प्रहरी निरिक्षकले समय नेपाल डट कमका पत्रकार सन्देश बरालको क्यामरा खोस्न थाले पछि पत्रकारहरुले त्यसको प्रतिकार गरेका थिए।
सोही क्रममा प्रहरी ज्यादतीको जनसंचार डट कमका पत्रकार ओम हमाल र नीति प्रेस डट क्रमका पत्रकार माधव पोखरेलले प्रहरीले ज्यादती गर्न शुरु गरेपछि बिरोध गर्दै समाचार सङ्कलनमा अवरोध नपुर्याउन आग्रह गरेका थिए। त्यति अनुरोध गर्दा गर्दै पनि प्रहरीले दुर्ववहार गर्न थालेपछि चर्को विरोध गरेका थिए।यसो त कास्कीमा रावि लामिछाने पक्राउ परेपछि दिनहु रास्वपाको विरोध प्रदर्सन भई रहेको छ।यसभन्दा पहिला पनि रास्वपाकै विरोध प्रदर्सनकै क्रममा कास्की प्रहरी बाट पोखराको वाइचोकमा केही पत्रकार हरुलाइ समाचार सङ्कलनकै क्रममा क्यामरामा क्षति पुर्याउनुका साथै उनिहरुमाथि आक्रमण गरि निर्घात कुटपिट गरि घाइते बनाएको थियोे ।
आन्दोलनका केहि दृश्य हरु !