Sunday, May 18News That Matters

मोटरसाइकल अनियन्त्रित भइ फिर्केपुलमा दुर्घटना मोटरसाइकलमा सवार तिन जना घाइते भएका छन्।

यो समाचार शेयर गर्नुहोस्

पोखरा


पोखरा महानगर पालिका वडा नम्बर ४ र ५ अन्तर्गत सपमानामा पर्ने फिर्केपुलमा मङ्गलवार रातिको समयमा करिब
११ ४५. बजे बागलुङ बसपार्कबाट जिरो किलोमिटर तर्फ आउदै गरेको ग ८ प ४९०७ नम्बरको मोटरसाइकल फिर्के पुलबाट अनियन्त्रित भइ तल खसेको कास्की प्रहरीले जनाएको छ ।
चालकले मापसे गरेको र तीन जना सवार मोटरसाइकल तिव्र गतिमा हाकि रहेको अवस्थामा अचानक साघुरो पुल नेर आउदा सवारी गति नियन्त्रण गर्न नसकेकै कारण अनियन्त्रित भइ सवारी दुर्घटना भएको कास्की ट्राफिक प्रहरीले जनाएको छ।

कास्की ट्राफिक प्रहरीका अनुसार हिजो भएको सवारी दुर्घटना मापसेकै कारण भएपनि, दिनहु भइ रहने कतिपय सवारी दुर्घटना साघुरो पुल भएकै कारणले गर्दा दुर्घटना भइ रहेको छ।

पुलबाट अनियन्त्रित भइ अकस्मात तल खोलामा खसेको मोटरसाइकलमा सवार तीन जना गम्भिर घाइते भएका छन् ।
कास्की ट्राफिक प्रहरीका अनुसार घाइते हरुको ढाँड र करङमा गम्भीर चोट लागेको अवस्थामा उनीहरुको उद्धार गरिएको थियो ।
ट्राफिक प्रहरिका अनुसार उनीहरूकाे उपचार भइरहेको छ ।

पोखरा जिरो बाट वाग्लुङ हाइवे सडकखण्ड निर्माण सगै बनाउनु पर्ने सो पुल पोखरा महानगरपालिका वडा नं. ४ र ५ को सिमानामा पर्ने सो पुल माथि वाग्लुङ् वसपार्क र जिरोबाट आवतजावत गर्ने सडक फराकिलो रहेको र सो पुल साघुरो रहेकै कारणले गर्दा पुलमा दर्जनौ सवारी दुर्घटना भएको स्थानिय तथा सञ्चारकर्मी कञ्चन थापा कोइरालाले वताउनु हुन्छ। वहाका अनुसार सम्वन्धित निकाय तथा स्थानीय सरकारलाइ समेत पटकपटक सो पुल बनाउन आग्रह गर्दा पनि सुनुवाइ नभएकै कारण ,दिनहु यस्ता सवारि दुर्घटना भएको देख्नु परेको वताउनु हुन्।
यसो त यसभन्दा पहिला पनि वहाले सोही पुलमा सवारी दुर्घटनामा सवारी खसेको तस्बिर सहित पटकपटक सार्वजनिक गर्दै सम्वन्धित निकायलाई ध्यानाकर्षण गर्दै आइरहेको वताउनु हुन्छ।

पोखराको जिरो किलोमिटर देखि बिन्दवासिनी सम्म चार लेनको फराकिलो सडक बनेको बर्षौ विति सक्दा पनि उक्त सडकखण्डमा बीचमा पर्ने फिर्के पुल भने अझै पनि जस्ताको तस्तै छ ।
नजिकै अर्को फराकिलो पक्की पुल बनाउने काम सुरु भएपनि अझै विरवलको खिचडि भनेजस्तो अवस्था छ।
यसो कतै काम सुरु भइहाले पनि कछुवा गतिमा काम बढेको छ।
जसले गर्दा सगै हिजो बनाएको सडक जिर्ण भइसक्दा पनि सोही पुल भने अझै पनि बन्न सकेको छैन।

पुरानो पुलमा पुलमा एकैपटक दोहोरो सवारी चल्न सक्ने अवस्था छैन पुल पनि साँघुरो छ ।
पैदलयात्रु लाई ओहोरदोहोर गर्न समेत कठिन छ।
कैयौ पटक हाइवे फराकिलो सडक देखेर, कहिलेकाही नया चालक त कहिलेकाही मापसे गरि सवारी चलाउनुले तीब्र गतिमा गुडिरहेको सवारीहरु पुल आउने बित्तिकै चालक अचानक झस्किने अत्तालिने सवारी गति लाई नियन्त्रणमा लिन नसक्ने अवस्थाले गर्दा पटकपटक यस्ता दुर्घटना भइ रहने र सिधै सवारी खोलामा खस्ने हुदा वर्षेनी दुर्घटना भई रहनु फिर्के खोलाकै नियति भएको छ।

प्रतिकृया दिनुहोस