Wednesday, April 30News That Matters

देस कता जादैछ ?

यो समाचार शेयर गर्नुहोस्

पोखरा

यतिबेला भन्नै पर्ने भएको छ कता कति एउटा प्रस्नले जन्म लिन थालेको छ। देस कता जादैछ भन्ने प्रस्नवाचक चिन्ह? आम नेपालि जनताको निधारमा देखिन थालेको छ।आम नेपालि जनताको मन मनमा एउटा डर त्रास र भय सहित देस कता जादैछ भन्ने प्रस्न उठ्न थालेको छ। किन भने सिङ्गो देसैभर अन्यौलता छाएको छ ।देसैभर कतै न कतै कुनै न कुनै कारणले आम नेपालि जनताले सास्ति पाई रहेका छन्।स्वास्थ्य उपचारका लागि अस्पताल जाउ उतै सास्ति, एक ठाउँ बाट अर्को ठाउ जादा सडकमै सास्ती ,बाढि पहिरो धनजनको क्षती र सास्ती, सरकारि कार्यालय सेवा लिन जाउ उतै सास्ती, किसानलाइ सास्ति व्यापारि लाइ सास्ति शिक्षामा बिध्यार्थि लाइ सास्ती, आफ्नो देसमा वेरोजगारिको पिडाले बिदेस जाने युवाहरुलाइ बिदेस जादा ह‍ोस् वा फर्कि आउदा विमानस्थलमा सास्ती,जता जाउ त्यतै सास्ति , कतै सहकारि पिडितलाइ सास्ति , जनतालाई जता जाउ जहा जाउ जताततै सास्ति नै सास्ति,मन्त्री माननीय नेता र उनका आसेपासे, नातापाता ,आफन्त, अरौटे, भरौटे,अम्चे चम्चे कुरौटे हरुलाई भने जताततै मस्ति नै मस्ति उनका लागि सुरक्षा सहित गस्ति ,हिजो दसकौ देखि देसमा पटक पटक सघर्ष जनयुद्ध जनआन्दोलन मधेस तराइ आन्दोलन बाट प्राप्त उपलब्धिलाइ जनताले उपभ‍ोग गर्न पाएका छैनन्। यहा सम्मकि लोकतन्त्रको अनुभुति गर्न तक पाएका छैनन्।

दल र नेताहरु एक आपसमा राजनितिक दोहोरि खेलेका मात्र छैनन् एकले अर्को लाइ सहकारि ठग भ्रष्टचारि को आर‍ोप लगाइ रहेका छन् एकले अर्कोलाइ नङ्ग्याउन र सिद्याउनमै व्यस्त छन् अझ पछिल्लो समय त कोहि हामी पुराना दल र हामी बर्षौ जेलनेल खाएर आएका होउ भन्दै त्यसैको ब्याज स्याज प्याज लसुन ता के नुन र सुन पनि छोडेका छैनन्। नया आउनेलाइ केटा केटिको सज्ञा दिदै आफुहरु राजनितिक इतिहास बोकेर आएका ठुला ठुला पाटिका पुराना नेता होउ भन्दै घमण्ड देखाइ रहेका छन् । यहासम्म कि भ्रष्टाचारको आरोपै आरोपको थुप्रोमा पुरिएर पनि अझै खुइलिएको टाउको निकाल्दै उल्टै आफू त दुधले नुहाएको झै गरि रहेछन्। नेपाली जनताले देख्दा देख्दै असमान न्याय भएको भन्दै सडकमा निस्कि रहदा समेत भ्रष्टचारि हरुलाइ काखि च्याप्दै गजधम्म सत्तासिन भएर सासन सत्ता चलाइ रहेका छन्। एकआपसमा लडि रहेका मात्रै छैनन् सडकमै शक्ती प्रदर्सनको तयारिका लागि घोषणा गरि रहेका छन् सहकारी पिडितहरु न्याय माग्दै डुबेको पैसा फिर्ताका लागि सडकमा हार गुहार गरि रहेका छन्। सरकारले न त राम्रो सँग सुनेको छ न त जिम्मेवारी पुर्ण जवाफ नै दिन सकेको छ। सबैमा एउटै जिज्ञासा छ के सहकारि पिडितको डुबेको रकम सरकरले फिर्ता गराइ देला त ,फेरिपनि यस्तो अवस्थामा सरकार मात्रै हैन अन्यदलहरु समेत मौनसाधेर बसेका छन् ।

यतिबेला सरकारको रवैया देखेर जनता खासै खुसि छैनन्। किनभने सरकरले सहकारी ठगि अपचलनका नाममा रविलाइ पक्राउ गरि रहदा अन्य आरोपित पात्र हरुलाइ समेत छानविनका लागि पक्राउ गर्ने कुरा त परै जाओस् नाम तक लिन तयार छैन जसले गर्दा यतिबेला सत्तासिन पाटिहरु र तिनका नेताहरु पुर्व उप प्रधानमन्त्री तथा गृहमन्त्रि रास्वपा सभापति रवि लामिछानेमा मात्रै केन्द्रित भएको देखिन्छ। के रवि मात्र सहकारि ठगि गर्ने पात्र हुन् त। के सहकारि ठगिमा रविको मात्रै सग्लनता छ त के रवि मात्रै दोषि हुन् त। के सरकार दोषि छैन त । सरकारले हिजैदेखि बेलावखत सहरकारिले रिण कसरी प्रवाह गरि रहेकाछन् भनेर अनुगमन चेकजाच गर्नु पर्ने थिएन र के ८७ अरव रवि बाटै असुल उपर गर्ने हो त। के रविलाइ मात्रै थकाएर गलाएर मुद्दा चलाएर मात्रै सहकारी पिडितहरुको रकम असुल उपर होला त ।कस कसले गर्यो ८७ अरव अपचलन अरुलाइ खोजि गरि छानविन गर्नु पर्ने हैन त। के रविलाइ यतिका दिनसम्म थुनेर के कति उपलब्धि भयो कति जनताको डुबेको रकम असुल उपर हुन सक्छ त, बाकि रकम कहा गयो खोजविन गर्नु पर्ने हैन त ।यी र यस्ता धेरै जिज्ञासु प्रस्न हरुले आम नेपाली जनताको मन मनमा जन्म लिइ रहेका छन् ।तर यी र यस्ता प्रस्नहरु सगै रविलाइ दुधैले नुहाएको भन्न भने खोजि रहेका छैनन्। रविलाइ भरपुर छानविन गर्नु पर्छ।छानविन होस् तर पुर्वाग्राहि तथा राजनितिक प्रतिस‍ोध साध्नेगरि छानवीन का नाममा सुगा बनाउने प्रयास नगरियोस् भन्ने मात्र हो। एउटा रविलाइ बाध्ने अरुलाई छाड्ने काम कहि कतै बाट नगरियोस्।जोसुकै भएपनि कानुनि दायरामा सबैलाई ल्याएर छानविन गरियोस् ।यतिबेला आम नेपालि जनताको चाहना पनि यहि रहेको छ। नेपालि जनता सहकारि ठग र भ्रष्टचारि पक्षधर हैनन् र छैनन् पनि नेपाली जनताको एउटै मात्र चाहना हो असमान छानविन नहोस् ।समान छानविन होस । सहकारी ठगि प्रकरणमा छानविन गर्दा लाज पनि नलजाओस् ।देसमा यतिबेला जताततै अस्तव्यस्त वेथिति र बिभिन्न नाममा र वहानामा भएको अराजकता अन्त्य सगै सहकारी पिडित सामान्य पौचहिन सर्वसाधारण नेपालि जनताले समेत देस कता जादैछ भन्ने प्रस्नको जवाफ सहित न्याय पाउन्। । सत्यतथ्य छानविन होस् जसले गर्दा भोलिका दिनमा विश्वासका साथ नेपालि युवा खुलेर राजनितिमा आओस् ।

प्रतिकृया दिनुहोस