देस यतिबेला पिडै पिडाले रन्थनिएको छ। नेपालि जनता अलमलमा छन् ।सहकारि पिडित अन्यौलमा छन् ।दल हरुमा अराजकताको पराकाकाष्ठ देखिएको यहासम्म कि सुरक्षा निकाय ,न्यायालयप्रति समेत प्रस्न चिन्ह लाग्न थालेको छ ।सुरक्षा निकाय देखि न्यायालयमा समेत राजनितिक प्रभाव पर्न थालेका सङकेतहरु देखिन थालेका छन् ।नेताहरु एक अर्को आरोप प्रत्यारोपमा उत्रिएका छन्। यहाँ सम्मकि एकले अर्कोको धोति फुस्काउन र नङ्याउनमै व्यस्त छन्। नेताहरु देस र जनताको भन्दापनि पाटि र कार्यकर्ता प्रति चिन्तित छन्।सरकार आफ्नै धोति फुस्किएको समेत थाहै नपाएझै गरि रहेकोछ। सत्तासीन पाटिहरु सडकमै उत्रिएर बेमौसमि गाइ जात्रा देखाऊन थालेका छन् ।प्रमुख प्रतिपक्षि दल समेत के बोल्ने के नबोल्ने भनेजस्तो गरि अलमलमा छ। दोस्रो प्रतिपक्षी र सत्तासिन पाटिका नेताहरुमा यस्तो कपटै कपटपुर्ण दोहोरि चलि रहेको छ। यहाँ सम्मकी जबसम्म पाटिहरु समाप्ती हुदैनन् तबसम्म लडाइ जारी रही रहने हो कि भन्ने सङ्केतहरु देखिन थालि रहेका छन्। कानुन र बिधीलाई खेलौना बनाउने काम नेताहरु बाटै भइ रहेको छ ।जनता दिनहु विभिन्न खाले माग हरु लिएर सडकमा देखिन थालेका छन् । सरकार भने एकातिर आधि अर्कोतिर झोलुङ्गो भनेजस्तो गरि रहेछ। सहकारी पिडीत्लाई कसले न्याय दिने भन्ने कुनै आधार देखिदैन । सरकारले दुइचार जनालाइ पक्राउ गरि हिरासतमा लिएकै भरमा आफ्नो डुबेको रकम फिर्ता पाइन्छ भन्नेमा सहकारि पिडित ढुक्क हुने अवस्था देखिदैन। सिङो देस विशेष गरेर सत्तासिन ठुला दुई दलका ठुला ठुला नेताहरु पुर्व उप प्रधानमन्त्री गृहमन्त्री तथा रास्वपा सभापति रविमा अलमलिएकै हुन् कि जस्तोअवस्था देखिएको छ। सत्तासिन पाटि सहकारी पिडितको रकम कसरि कुन जुक्ति लगाएर फिर्ता गराउने भन्ने तर्फ भन्दापनि रविलाइ कसरि भित्तैमा पुर्याउने भन्ने उपायको खोजि सहित रविमा मात्रै केन्द्रित भएको ता हैन भनेजस्तो देखिन्छ । यसो भनी रहदा रवि दोषि छैनन् उनि दुधैले नुहाएका हुन् भन्न खोजिएको भने होइन । कुनै आग्रह र पुर्वाग्रहमा प्रभावित नभइ रविलाइ अनुसन्धान गर्नु पर्छ, तर रवि सँगसँगै देसैभर चाहे जुनसुकै पाटिका जो सुकै हुन् आरोपित सबलाई विभेदपुर्ण ढङ्गले अनुसन्धानको दायरामा ल्याउने र उनिहरुलाई थुनेर कारागार चलान गर्ने मात्रै हैन सहकारी पिडितको डुबेको रकम फिर्ता गराउनु पर्छ।तर सरकारको रविप्रति आक्रामक भएको देखिन्छ भने अरु चर्चामा आएका आरोपित हरुलाई पक्राउ गर्ने बिषयमा भने उदासिन देखिन्छ। तर आम सहकारि पिडित सर्वसाधारण जनतालाइ कसरी उनको डुवेको रकम फिर्ता दिने भन्ने तर्फ सरकार गम्भिर भएको देखिदैन। झन् सरकारको पछिल्लो गतिविधि लाई नियाल्दा भने रविको सहकारि काण्ड बाट शुरु भएको बिषय लाइ बिषयान्तर गर्न खोजिएको ता हैन भन्ने शङ्का चौतर्फी उब्जिन थालेको छ। सरकार गोरखा मिडियामा भएको गतिविधिमा केन्द्रित मात्र हैन रविले कम्पनिको रकम हिनाविना गरेको भन्ने तर्फ लम्किन थालेको मात्रै हैन देसैभर रविले टेकेको माटो समेत परिक्षण मात्र हैन आखतै हेर्न बाकि छ भनेझै गरि रहेको छ। फेरिपनि म्याद थप्नु सरकारको नियत मात्रै हैन नियति नै बन्दै गएको छ। सरकारको मुल मकसद भनेकै सहकारि पिडितको रकम फिर्ता गराउनु भन्दा पनि रास्वपा लाइ सक्नु र रविलाई मेटाउनु हो कि भनेजस्तो शङ्का मान्नु पर्ने अवस्था देखिन थालेको छ।



एकातर्फ सहकारी पिडितहरुले सडकमा बसेर न्याय माग्दा माग्दै दिन गन्न थालेका छन् अर्कोतर्फ अदालतले रविलाइ कहिले छाड्छ भनेर रास्वपा नेता कार्यकर्ता र रवि समर्थकहरुले दिन गनि रहेका छन् । उता सत्तासिन पाटिका नेता कार्यकर्ता रविलाइ कहिले जेल चलान गर्छ भनेर दिन गनि रहेका छन्। यताफेरि कतिपय दलहरु अब सरकार कहिले ढल्छ भन्दै भित्र भित्रै दिन गन्न थालि सकेका छन् , त्यसैले भन्नै पर्ने हुन्छ। के सरकारका दिनगन्ति शुरु भएकै हुन् त भन्ने प्रस्नले जन्मलिन सक्ने सङकेतहरु देखा पर्न थालेका छन्। फेरि अर्कोतर्फ भने देसैभर स्वतन्त्र रुपले स्वतस्फूर्त रुपले जनताहरु सरकार हैन व्यवस्था नै ढाल्नु पर्छ भ्रष्ट नेताहरु र भ्रष्ट तस्कर माफियाका सँरक्षक हरुलाइ खदेड्नु पर्छ । यि पुराना भनिएका बर्षौ देखि राजनीतिक ब्याज खादै सत्ता स्वार्थमा डुबुल्कि मार्दै भ्रष्टाचारको नौनि चाट्दै राष्ट्रिय स्वाभिमान लाइ बिदेसि शक्तीहरु सँग साट्दै आएका नेताहरुलाइ लखेट्नु भन्दै सडकमा उर्लिएर कुर्लिन थालेका छन् ।त्यसैले भन्नै पर्ने हुन्छ, तितो तर सत्य ओकेल्नु पर्छ ।यतिबेला ठुला दलको गठवन्धन बाट बनेको ओलि सरकारलाइ चुनौति मात्रै हैन इतिहासकै सफल सर्वशक्तिशालि सरकार बन्ने अवसर पनि छ। राजनितिमै जिवन व्यतित गरेका प्रधानमन्त्रि ओलिलाइ यो भन्दा ठुलो अवसर अरु छैन । यदि यतिबेला प्रधानमन्त्रि ओलिले गिरिवन्धु टि र कोलम्विया भट्टि बाट खारिएर इस्पात बन्दै नेपाली जनताका अगाडि आफुलाइ इमान्दार सावित गर्न सके भने एमाले पाटिको अध्यक्ष प्रधानमन्त्री भएको हैन सिङ्गो देसका तीन करोड आसावादि जनताको प्रधानमन्त्रिको रुपमा आफुलाइ सावित गर्दै सबैखाले फायल खोलेर भ्रष्ट सहकारी ठग जो कोहि भएपनि स्वार्थका आँखा चिम्लिएर आफ्नो अर्को नभनी सबैलाइ पक्राउ गरि कारवाहि गर्दै सहकारि पिडित जनतालाइ विभेदपुर्ण न्याय दिन सके भने प्रधानमन्त्री ओलिका लागि राजनेता बन्ने अवसरको चाङ लाग्न सक्छ। यदि त्यसो हुन सकेन भने अरु विपक्षि विरोधिले मात्रै हैन आफ्नै भनिएका हरुलेनै दिन गन्न सु्रु गर्ने छन्। बेलैमा नचेताउनि हो भने, ओलि सरकारका लागि ति दिन धेरै टाढा छैनन्।





















