Thursday, May 1News That Matters

पोखरा इलेक्ट्रोनिक तथा मोबाइल व्यवशायि सँघ कास्कीको अधिवेशन सम्पन्न सर्वसम्मत अध्यक्षमा खरेल

यो समाचार शेयर गर्नुहोस्

पोखरा


पोखरा इलेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघ कास्कीको २४औँ साधारण सभा तथा १२औँ अधिवेशन शनिबार सम्पन्न भएको छ।

शनिबार सम्पन्न अधिवेशनले चिन्तामणि खरेलको नेतृत्वमा १३ सदस्यीय कमिटी सर्वसम्मत बाट चयन गरेको छ भने वरिष्ठ उपाध्यक्ष होमविलास सापकोटा ,उपाध्यक्षमा जनकराज सुवेदी ,महासचिव रामचन्द्र तिवारी ,कोषाध्यक्ष दुर्गानाथ लामिछाने ,सचिव तिर्थराज देवकोटा ,सदस्यहरुमा क्रमश:वुद्दि वहादुर थापा, दुर्गा सुवेदी ,पदमराज पौडेल ,नरेन्द्रराज पण्डित बिदुर बिसि ,तारापति सापकोटा (शिब) अर्जुन त्रिपाठी चयन भएका छन्।


खरेलले यस अघि पनि विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए भने यस अधिवेशनमा आफूलाई विश्वास गरि सर्वसम्मत बाट चयन गरिएकोमा सिङ्गो सँघ सम्पूर्ण व्यवसायीहरु धन्यवाद दिँदै संघको विकास र विस्तारका लागि अघि बढ्ने जनाउदै कुनै पनि हालतमा आफुप्रति सिङ्गो सघले गरेको विश्वास लाई कहिल्यै मर्न नदिने प्रतिबद्धता जनाए।
सोही अवसरमा निर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूलाई बधाई दिँदै हातमा हात मिलाउदैअघि बढ्नेक्रममा सबैको साथ रहने विश्वास व्यक्त गरेका थिए।

सोही क्रममा नव निर्वाचित अध्यक्ष खरेलले निर्वाचन मण्डल सदस्य साथै सँघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, आजीवन सदस्यहरू, साधारण सदस्यहरू लगायत सबैमा आभार प्रकट गर्दै अग्रजहरुकै साथ सहयोग र सल्लाह बमोजिम अगाडि बढ्ने जनाउदै आफुप्रति गरेको विश्वास लाई कहिल्यै टुट्न नदिने प्रतिवद्दता जनाए।
अध्यक्ष खरेल संघमा आबद्ध रहेर काम गरेका इमानदार अनुभवी सदस्य मात्रै नभएर
सफल इमानदार व्यवशायिको रुपमा स्थापित भएका विभिन्न सामाजिक सँघ सस्थामा आवद्ध ब्यक्तित्व हुन्।

प्रतिकृया दिनुहोस