लोकतान्त्रिक पद्दतिमा अघि बढ्ने , कानुन विधि पद्दतिमा चल्ने कुनैपनि देसमा राजनीतिक पाटि हुनु स्वभाविकै हो ।
हरेक राजनितिक पाटिका आ आफ्ना दर्सन , विचार ,सिद्धान्त नीति पद्दति पाटिका चिन्ह झण्डा हुन्छन् । हरेक पाटिले आ आफ्नै छुट्टाछुट्टै इतिहास र पहिचान बोकेका हुन्छन् । जनताले विश्वास गरेर अत्याधिक मत दिएर धेरै सिट जितेपछि एउटा पाटिलाइ निश्चित अवधिभर शासन सत्ता सम्हाल्ने जिम्मेवारि प्राप्त हुन्छ ।
लोकतान्त्रिक पद्दतिमा जनताको जनमतले नै सबै पाटिलाइ आ आफ्नो हैसियत साइज र निति अनुसार जिम्मेवारी सम्हाल्न निर्देसन गर्छ । पहिलो वहुमतिय पाटि भए सत्तामा नत्र प्रतिपक्षमा रहन जनताले जनमत द्वारा निर्देसन गरेपनि नेपालको राजनिति र पाटिहरुको गतिविधि र नेताहरुको राजनितिक चालचलन देख्दा भने पछिल्ला केहि बर्ष यता जनताले मतदान द्वारा दिएको निर्देसन विपरित अलि भिन्न खालको हुन थालेको हो कि भन्ने राजनितिक गन्ध आउन थालेको छ।
सायद विश्वमै नभएको लोकतान्त्रिक पद्दति अनुसार चल्ने कुनैपनि देसमा नभएको दुइ ठुला दल भनिएका पुर्व र पश्चिम उत्तर र दक्षिण तर्फ फर्किएका पाटिका सिद्दान्त र विचार बोकेर आएका दल मिलेर एकप्रकारको सत्ता गठवन्धन गरेर सरकार चलाउनु भनेको अत्यन्तै नौलो मात्रै हैन लोकतन्त्र विपरित यात्रा हो कि जस्तो देखिन थालेको छ।
किन भने साना दल हरुको सुन्दै नसुन्ने दुई ठुला दलको मनोमानी हुने अरुको सुन्दै नसुन्ने मनपरि नीति निर्माण गर्ने सङ्केत हरु जब देखिन थाल्छन् तब लोकतन्त्र खतरामा पर्ने सम्भावना बढेर जान्छ यतिबेला देसमा हो त्यस्तै हुन थालेको छ । यतिबेला देसैभर सहकारी काण्ड सर्वत्र व्याप्त हुनु भ्रष्टाचार कतै चरम्चुलिमा पुग्नु कतै भ्रष्टचारले झन् जरा गाड्दै जानू भ्रष्टाचारिलाइ कारवाहि गर्ने ठाउमा भ्रष्टचारिकै हिमायति हरु पुग्नु ।
दुई ठुलादलको सत्ता गठवन्धन सरकार बन्नु कतै भ्रष्टाचार र सहकारी ठगिका आरोपित ठहरिएका हरु निर्वाधरुपले खुलम् खुल्ला छाति पिट्दै हिड्नु कतै भने एउटै पात्रलाइ अनुसन्धानका नाममा देसै घुमाउने प्रपञ्च खडा गर्नु सहकारि पिडितहरु छाति पिट्दै सडकमा बलिन्द्रा आसु झार्दै सडकमै न्यायमाग्न उत्रनु पर्ने अवस्था आउनु ।
कतै भने एकातिर आधि अर्कोतिर झोलुङ्गे भनेजस्तै गरि सरकार धमाधम महत्त्वपूर्ण निर्णय गर्दै जानु यी सबै कारणले गर्दा देसमा लोकतन्त्र माथि खतराको घण्टि बज्न थालेको ता हैन भन्ने शङ्का उब्जिन थालेको छ।
विगतमा पनि सँसदिय व्यवस्थाले निर्देस गरेको भन्दै दलहरु बाट देसमा ठुला ठुला निर्णय भए जतिपनि निर्णय भए ति सबै लगभग देस र जनताको हित विपरित भए जसले गर्दा देसले आज आएर यस्तो नियति भोग्नु परि रहेको छ ,भने दलहरुले पछुताउने मात्रै हैन पछिल्लो समय दलहरुले देखाएका गतिविधि हरु देख्दा धुलो चाटनु पर्ने अवस्था आउने खतरायुक्त सङ्केतहरु देखा पर्न थालेका छन्।
त्यसैले तितो तर यथार्थ कुरा भन्नै पर्ने हुन्छ दलका नेताहरुले सत्ता स्वार्थका लागि पाटिको सिद्दान्त छाड्दै जान थाले विचार भ्रष्ट हुन थाल्यो आचार हिन हुदै जान थाले । दलहरुमा देखिएको सिद्दान्त सत्ताप्राप्ति नेताहरुमा भ्रष्टमति देखिन थाल्यो ।
यहासम्म कि चुनावमा जित्न पाइन्छ सत्तामा पुग्न पाइन्छ भने पाटिकै झण्डा बिर्सन थाले पाटिको के कुरा वालुवाटार सिहदरवार छिर्न पाइन्छ भने राष्ट्र राष्ट्रियता लाइ मात्रै हैन नेपाल भुमिको अस्तित्व र राष्ट्रिय झण्डालाइ समेत बिर्सन थाले ।जसले गर्दा नेपालि जनताको नजरमा नेताहरुप्रति जुन सन्मान र विश्वास थियो त्यो भने रहन सकेन। र पछिलो समयमा आएर दल र नेताहरुमा देखिएको सत्ताप्रप्तिका लागि स्वार्थ सिद्दि गर्नका लागि जे पनि गर्ने प्रवृति देखिदै आएको छ यसले नेपालि जनताको भबिष्य अन्धकार तर्फ धकेलिने त हैन भन्ने खतरा देखिन थालेको छ।