Saturday, February 15News That Matters

सन्दर्भ अन्तराष्ट्रिय भ्रष्टाचार दिवस

यो समाचार शेयर गर्नुहोस्

पोखरा

साच्चिकै भन्ने हो भने कुनैपनि देसमा जब भ्रष्टाचार झाङ्गिएर आउन थाल्छ तब त्यो देसका जनताको भबिष्यनै अन्धकारमय गन्तब्यहिन हुन्छ। हुन ता विश्वमै हावा पानी रुख विरुवा झारपात भएजस्तै भ्रष्टाचार पनि जताततै उहीँ फेवातालमा जलकुम्भि झार झाङ्गिए जस्तै गरि सर्वत्र व्याप्त छ। 

 तर कहाँ कुन देसमा कुन ठाउमा कति भ्रष्टाचार छ भन्ने मात्रै हो तर नेपालकै सन्दर्भमा भन्ने हो भने  नेपाल भ्रष्टचारको अग्रपङ्तिमा नै पर्छ जस्तो देखिन्छ। हिजो पनि नेपालमा भ्रष्टचार थियो आज पनि छ ।

त्यसैले भन्नै पर्ने हुन्छ नेपालले अन्तराष्ट्रिय भ्रष्टाचार दिवस मनाइ रहदा पनि हिजो बरु राष्ट्रिय भ्रष्टाचार युक्त भएको देस झन् परिवर्तन सँग सँगै भ्रष्टाचार मुक्त हुनु ता परैको कुरा झन् पछिल्लो समयमा आएर ता नेपाल आफै अन्तर्राष्ट्रिय भ्रष्टाचारयुक्त देस बनेको रहेछ भन्ने कुरा त पछिल्ला  दिनहरुमा देसमा देखिएका सुनिएका घटनाक्रमले पुष्टि गर्छ। अघिल्लो सरकारले देसैभर राजनीतिक सामाजिक आर्थिक सहकारी काण्डमा मुछिएका देखि लिएर देसैभर विभिन्न बिषयमा भ्रष्टाचार ठगिको आरोप लागेका हरुलाइ पक्राउ गर्ने भ्रष्टचारि लाई कारवाहि गर्ने भन्ने घोषणा सगै देसमा एउटा अकल्पनिय राजनितिक उथलपुथल आयो जसले गर्दा देसकै ठुला भनिएका दुइ शक्तिशालि पाटिहरु गठवन्धन सहितको सरकार बनाउन बाध्य भए सरकार बनाए भ्रष्टाचारिलाई कारवाहि गर्छौ भनेर चर्को स्वरमा कुर्लनेहरु आज आएर हेर्दा हेर्दै प्रहरी कष्टडिमा गए। यो भन्दा भ्रष्टाचार झाङ्गिएको  बलियो प्रमाण अरु के हुन सक्छ। 

त्यसैले त भन्नै पर्ने हुन्छ नेपालमा अन्तराष्ट्रिय भ्रष्टाचार दिवस मनाउनु भनेको उहीँ श्राद्देका दिन बिरालो लाइ बाध्नु भनेजस्तै भएको छ। देस भ्रष्टाचारै भ्रष्टचारले थिलो थिलो परेको छ।नेपाली जनता अब कहाँ जाने र कसरी बाच्ने भन्ने कुरामै चिन्तित छन्। यहासम्मकि यदि तीन महिनाका लागि मात्रै विश्वका कुनैपनि देसमा फिरि कुनै रोकटोक नभइ उहीँ सुनौल विरगन्ज वोर्डर जस्तै गरि खुलम् खुला जान पाउने हो भने सायद आजसम्म सत्तरी प्रतिसत नेपाली जनताले देसै छाडि सक्थ्ये होला देसको अवस्था यस्तो छ।

यता दल र नेताहरु भने कसरि सत्तामा जाने कसरि सत्ता बचाउने कसरी आफ्ना भ्रष्टाचारि नेताहरु लाइ बचाउने फरक विचार र फरक पाटिका लाई कसरी फसाउने सकाउने  भन्ने कुरामै मै चिन्तित छन्। कसैलाई कुनैपनि नेतालाइ न त देसको न त नेपाली जनताको माया छ ,न त  चिन्ता नै छ। 

त्यसैले त  नेपालि जनताले विश्वास गर्नै नसक्ने शङ्कै मान्नु पर्ने अवस्था सृजना भएको छ, यहाँ सम्मकि यतिबेला विभिन्न भ्रष्टाचार नियन्त्रण गर्ने सरकारि तथा गैर सरकारि  निकाय र दलहरुले मनाइ रहेको आयोजित अन्तर्राष्ट्रिय भ्रष्टाचार दिवस मनाइने कार्यक्रममै भ्रष्टाचार भएको ता छैन। भन्नु पर्ने अवस्था छ। जसरि फलामलाइ फलामले काट्छ ठिक त्यसैगरि  नेपालमा पछिल्ला केही बर्ष यता भ्रष्टचार नियन्त्रणका नाममा वा निर्मुल पार्ने वहानामा वा भ्रष्टचार अन्त्य गर्ने वहानामा समेत भ्रष्टाचार भएको छ। त्यसैले भन्नै पर्ने हुन्छ अब अति भो  ,कमसेकम अब देसमा  भ्रष्टाचार नियन्त्रण गर्ने निर्मुल पार्ने वा अन्त्य गर्ने नाममा वा वहानामा भ्रष्टाचार नहोस्। अन्तर्राष्ट्रिय भ्रष्टाचार दिवसको  अवसरमा यहि शुभकामना

प्रतिकृया दिनुहोस