Saturday, November 8News That Matters

फोनिज अध्यक्षमा थापा सर्वसम्मत चयन

यो समाचार शेयर गर्नुहोस्

पोखरा

शुक्रबार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको सातौ अधिवेसन सम्पन्न भएको छ।
अधिवेशनले अध्यक्षमा बिनाकुमारी थापा (बिनु) लाइ चयन गरेको छ ।
पोखरामा शुक्रबार सम्पन्न अधिवेसनले थापाको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
लामो समय देखि पोखरामा पत्रकारिता गर्दै आएकि अध्यक्ष थापा प्रेस सेन्टर गण्डकीकी सचिव समेत हुन् ।

समितिको उपाध्यक्षमा सुशीलकुमार श्रेष्ठ, सचिवमा देविका तामाङ, सहसचिवमा प्राश्ना मानन्धर र कोषाध्यक्षमा वशबहादुर शेर्पा चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा अल्चना श्रेष्ठ, हुमबहादुर गुरुङ, विनिता राना (सोनु) र वर्षा गुरुङ चयन भएका छन् । बाँकी ४ सदस्य पछि थप गरिने जनाइएको छ ।

अधिवेशनको फोनिज गण्डकिका ईञ्चार्ज मानबहादुर घर्ती (एमबी आस्था) र तमु धिँ नेपालकी संस्थापक अध्यक्ष तथा समाजसेवी कर्मकुमारी गुरुङले उद्घाटन गरेका थिए।अधिवेशन कार्यक्रममा बिभिन्न सँघ सँस्था अध्यक्ष प्रतिनिधि साथै पत्रकारको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस