Wednesday, April 30News That Matters

श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञको संकल्प सभा तथा पत्रकार भेटघाट

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा महानगरपालिका–१७, बिरौटामा आयोजना हुने ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ को आन्तरिक तयारी करिब अन्तिम चरणमा पुगेको जानकारी दिंदै महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले संकल्प सभा आइतबार सम्पन्न हुने वताउनु भएको छ ।

श्री मानव सेवा फाउण्डेशन नेपाल तथा सनातन धर्मानुयायीहरूको संयुक्त आयोजनामा हुन लागेको संकल्प सभा चैत २४ गते बिहान ११:०० बजे रॉयल महल ब्याङ्क्वेट, पोखरा–१७ मा आयोजना हुनेछ।

महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजका अनुसार संकल्प सभामा संकल्प पत्र वाचन, मूल आयोजक समिति गठन, सञ्चारकर्मीहरूसँग अन्तरक्रिया तथा कोटिहोम समितिको बैठक समेत गरिनेछ।

प्रतिकृया दिनुहोस