Sunday, May 18News That Matters

लोकतन्त्रमा देखिएको अराजकता

यो समाचार शेयर गर्नुहोस्

हिजो लोकतन्त्रको गुणगान गाएर नथाक्ने र लोकतन्त्रको गुणगान सुनेर नथाक्ने हामी आज आएर यहि लोकतन्त्रका नाममा जताततै किन अराजकता फैलाइ रहेछौ हामी किन अराजक बनी रहेछौं ,यसको जवाफ हामी सगै छैन। उल्टै हामी प्रस्न गरि रहेछौ, यस्तो किन भइ रहेछ भनी रहेछौ ।यसको जवाफ हामी सँगै छ तर हामी जवाफ दिन तयार छैनौ बरु प्रस्न माथि प्रस्न गर्न तयार छौ।
वास्तमा भन्ने नै ह‍ भने हामिले अझै पनि न त लोकतन्त्रको परिभाषा बुझेका रहेछौ।
न त लोकतन्त्रको मुल्य मान्यता र मर्म लाई बुझ्न सकेका रहेछौ ,भन्ने कुरा देसमा भइरहेको देखिइ रहेको चौतर्फि अराजकता साथै शासन सत्ता चलाउने शासकहरुको गैर जिम्मेवारिपन दल र नेताहरुमा देखिएको प्रवृत्तिले स्पष्ट सङ्केत गरि रहेको छ।
यहाँ भनिरहनु पर्दै हलेदो क‍ोट्याएपछि थाहा हुन्छ थिचि रहनु पर्दैन।
लोकतन्त्र लाई कसले किन कमजोर पार्दैछ हामी आफै अलमलमा छौ। लोकतन्त्रको गुणगान गाउने सुन्ने र सुनाउने हामीहरु नै एक आपसमा अविश्वासक‍ो पहाड बनाउदै गएका छौ।
हामी कति लोकतन्त्रवादि रहेछौ भन्ने कुरा त पछिल्ला राजनीतिक घटनाक्रमले देखाइ रहेको छ। यहाँ त सबै पाटि र विभिन्न पाटिका सँघ सँगठनहरु सडकमा उत्रिएर कहिले कुन वहानामा कहिले कुन वहानामा शक्ति प्रदर्सन गरि रहेछन्।
दुनियामा नभएको जात्रा प्रतिपक्षि बिपक्षि हरु विरोधका नाममा र शक्ति प्रदर्सन गर्ने वहानामा सडकमा निस्कनु स्वभाविकै हो निस्कन्छन्।
यहाँ त हवा उल्टो दिशा चल्न थालेको देखिन्छ। सत्तासिन पाटि नै शक्ति प्रदर्सन गर्न सडकमा निस्कन थाल्छ भने अनुमान लगाउ त लोकतन्त्र कति कमजोर हुँदै जान थालेको रहेछ। सरकारमा हुने पाटिले सडकमा शक्ति प्रदर्शन गर्न थाल्नु , सरकार नै सडकमा निस्कनु यो कुन सङ्केत हो बुझि नसक्नु छ।
यसरी सरकार नै सडकमा निस्कनु भनेको लोकतन्त्र झन् कमजोर पार्नु हो।
किन भने नेपाली जनताले भारि मत दिएर मतदान द्वारा शक्तिशाली पाटि बनाएर सत्तामा पठाएपछि फेरि किन? के का लागि ,कसलाइ, कस माथि शक्ति प्रदर्सन भएको ह‍ो यसको जवाफ स्वँय शक्ति प्रदर्शन गर्ने पाटि नेता र सरकार सँग पनि नहुन सक्छ। ।
हाम्रो जस्तो भरखरै लोकतन्त्रले वास्तविक लोकतान्त्रिक रुप लिन र आफ्नो लोकतान्त्रिक स्वरुप बनाउन नपाउदै यसरी सत्तासिन पाटि र तिनका भातृ सँघ सँगठन नै सडकमा उत्रिएर विरोध गर्नु पर्ने अवस्था आउनु भनेको दुर्भाग्य हो भन्न सकिन्छ । लोकतन्त्रमा विरोध गर्न पाइन्छ। तर आम नेपाली राष्ट्र र जनताको अहित हुने र ल‍ोकतन्त्र माथि नै आघात पुग्ने गरि कसैले पनि कुनै पनि कार्य गर्नु र गराउनु हुदैन। यसमा सरकार अत्यन्तै गम्भीर भएर लोकतान्त्रिक पथमा यात्रा गर्नु जरुरी हुन्छ। सडकले कहिल्यै पनि कानुन बनाउदैन न त सडकले बनेका कानुन लाई कार्वन्यन नै गर्न सक्छ। लोकतन्त्रमा जे गर्छ सदनले गर्छ।
यदाकदा आवस्यक कानुनि माग हुन सक्छन्। त्यसका लागि सदन जिम्मेवार बन्नु पर्छ ।कुनै माग लिएर सडकमा आउने लाइ द‍ोष दिएर उम्कन र पानी माथिको ओभानु भनेजस्तो गर्नु हुदैन।
सरकारले तत्कालै उपायको खोजि गर्नु पर्छ ।झन् आगोमा घिउ हालेझै गरि मागकर्ताहरु लाइआक्रोसित बनाउनु हुदैन। तर यसका लागि सदन सरकार जिम्मेवार बन्नु पर्छ।।सरकारले गलत र गैर जिम्मेवारीपुर्ण अभिव्यक्ति दिनु हुदैन।
न्याय समान हुनु पर्छ कानुन कार्वन्वयन हुनुपर्छ सर्वत्र सबै विधिको शासनमा चल्नु पर्छ। कसैलाई काखा कसैलाई पाखा पार्ने काम गर्ने गैर जिम्मेवार बनेर राज्यका महत्त्वपूर्ण अङ्ग कार्यपालिका न्यायपालिका व्यवस्थापिका देस र जनताका हरेक बिषयमा बेलैमा गम्भीर बन्नु पर्छ।
तब मात्रै शुशासन स्थापित हुन सक्छ। यस्तो अराजकताको भुमरि चलि रहेको बेला जति नै उच्च सर्वशक्तिशालि शुसासन समिति बनाए पनि शुशासन कायम रहन सक्दैन पहिला त सरकार बेलैमा गम्भीर बन्नु पर्छ।
तर यहाँ त जताततै अराजकता फैलाउने काम राज्य पक्ष बाटै हुन थालेको नेपाली जनतालाई आभाष हुन थालेको छ।
जताततै भ्रष्टाचारै भ्रष्टाचारले जरा गाडेको छ। कतै भ्रष्टाचारिलाइ कारवाहि हुने कतै क्षणभरमै उम्किने कतै भ्रष्ट लाई कारवाहि गर्ने निकायमै भ्रष्टाचारको आर‍ोप लागेकै पात्र नियुक्ति हुने उनै पात्र पुग्ने। कतै आफ्नै पाटिकाले आफ्नै पाटिका लाइ असफल बनाउने प्रयासमा लाग्ने कतै भ्रष्टाचारको दुर्गन्धले डुङ डुङ्ति गनाएका हरुलाइ नै सिहदरबारमा छिराउने आफ्नै पाटिका असल नेता कार्यकर्ता लाई पिराउने यस्तो प्रवृत्ति चौतर्फि हावि हुदै गएपछि अनि के लोकतन्त्र सुरक्षित होला त ।
समग्रमा भन्नू पर्दा देसमा जताततै भएका देखिएका राजनीतिक घटाक्रमले गर्दा लोकतन्त्रमा देखिएको अराजकताले लोकतन्त्र विरोधि बाट भन्दा लोकतन्त्रवादि होउ भन्ने हरु बाटै लोकतन्त्र झन् खतरामा पर्ने सङ्केत हरु देखा पर्न थालेका छन्।
त्यसैले अबका दिनमा लोकतन्त्रवादी हरु एक आपसमा लडाभाति छिना झपटिमा लागेर सडकमा शक्ति प्रदर्सन तिर लाग्नु भन्दा छिटोभन्दा छिटो सबै कमि कमजोरी लाई आत्मसात गरेर एकतामा बाधिनुको बाहेक कुनैपनि विकल्प छैन।

बेलैमा चेतना भया

प्रतिकृया दिनुहोस