Wednesday, April 22News That Matters

लागू औषधसहित धम्पुसका एकजना मानिस पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा

लागू औषध कारोबार भईरहेको सूचनाको आधारमा प्रहरीले माछापुच्छ्रे गाउँपालिका–७ स्थित घट्टेखोलामा १ मानिसलाई लागू औषधसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले धम्पुसका ४१ वर्षीय युवराज गुरुङलाई नियन्त्रणमा लिएको हो।

उनको साथबाट बुप्रिनोर्फिन ४६ एम्पुल, डाइजेपाम ४१ एम्पुल, फेनारगन ४६ एम्पुल गरी कुल १३३ एम्पुल लागू औषध र एक थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका गुरुङमाथि लागू औषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाटपाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस