नेपाल हिन्दु राष्ट्र थियोे देसमा बर्षौदेखि एकआपसमा मायाप्रेम सद्भावका साथ मिलेर बसेका बिभिन्न जातजाति समुदाय राजनीति विहिन आ आफ्नो सँस्कार धर्म सँस्कृतिमा रमाइ रहेका थिए। देसमा एउटा ठुलै परिवर्तन आयो व्यवस्था परिवर्तन भयो शासक भने केही रहे, केही फेरिए, केहि हराए जसले देसमा केही फरक अवस्था सृजना गर्यो र देस धर्म निरपेक्षतामा प्रवेस गर्यो। धर्म निरपेक्षता सगै विभिन्न धर्ममा मात्र हैन एउटै धर्म मान्नेहरु बिच पनि राजनीतिले प्रवेस पायो पटकपटक खिचडि शासकहरुले शासन गर्दै रहे।जसले गर्दा हिन्दु सनातनि बौद्द धर्मावलम्बी साथै विभिन्न धर्मावलम्बीले एक भएर अगाडि बढि रहेपनि केही पक्ष बाट फरकफरक मत आउने क्रम सँग सँगै एउटै धर्म सँस्कार मान्ने हरुमा समेत फरकफरक मत सहित विभाजनका रेखा हरु कोरिन थाले ।
फेरि पनि हिजो आ आफ्नो धर्म सँस्कार सँस्कृति अनुसार सबले आ आफ्नो धर्म भेला पुजा आता महायज्ञ विभिन्न साँस्कृतिक तथा धार्मिक कार्यक्रम एक ढिक्का भएर नगरेका पनि हैनन्।
एक आपसमा सद्भाव नराखेका पनि हैनन्।फरकफरक आस्था भएपनि सबैमा एकता नभएको पनि हैन।
तर पछिल्लो समयमा पोखरामा हामी कसैले नसुनेको नदेखेको कोटिहोम हुने कुराले पोखरामा पुरै हलचल नै मच्चियो विरोध र समर्थनका बिषयले विभिन्न तौर तरिका प्रस्तुत भए सामाजिक सञ्जालका भित्ता भरिएर गए।
तर फेरि पनि पोखरामा हामी पोख्रेलिले समेत नसुनेको गण्डकी सत सय कुण्डिय कोटि होमको कुरा आयो तब पहिला त यस्तो कोटिहोम कस्तो हुन्छ होला कसरी गरिन्छ होला भन्ने तर्क जिज्ञासा आम जनतामा रह्यो ।
जब बालेस्वर कृष्णमुर्ति महाराज द्वारा सञ्चालित मानवसेवा फाउन्डेसन द्वारा महान् विराट धार्मिक सत सय कुण्डिय कोटिहोम जस्तो ऐतिहासिक महत्त्वपूर्ण धार्मिक कार्य न हिजो भयो, न भोलि हुन सक्ला यस्तो महत्त्वपूर्ण ऐतिहासिक कार्य गर्ने भनेपछि कहिले स्थानको बिषय त कहिले आधिकारिताको बिषयलाइ लिएर कतैबाट समर्थन त कतैबाट फरकफरक मत हरु आउन थाले कोटिहोम हुने नहुनेमा विवाद सगै अन्न्यौलता छायो।
पोखरा विरोध र समर्थनले छताछुल्ल भयो । अन्तत:सबैपक्ष बाट कोटिहोम कहाँ र कसरी गर्ने भन्ने बारे सहमति भयो।
पोखराले गण्डकी सतसय कुण्डिय कोटि होम हुने निश्चितता पायो ।
यस्तो कोटिहोम पोखरावासि गण्डकी वासिले न आजसम्म सुनेका थिए न त, देखेका थिए तर जब कोटिहोम शुरु हुन थाल्यो तब दिनप्रतिदिन कोटिहोममा आउन जाने हरुको चहलपहल बढ्न थाल्यो वास्तवमा कोटिहोम कस्तो हुदो रहेछ भन्ने कुरा सबैले प्रत्यक्ष बुझ्न थाले आखिर के हो त कोटिहोम भन्नेकुरा सबैले बुझ्न थालेपछि देस बिदेस बाट विभिन्न ठाउबाट धार्मिक सामाजिक राजनीतिक व्यक्तित्व हरु भक्तजनहरु आउन थाले भजन प्रवचन श्रवण गर्नथाले तब त्यो भिडभाडले विरौटाको सडकै ढाक्न लाग्यो। जो त्यहा एकपटक पुग्छ उसैले अरुलाइ पनि डाक्न थाल्यो ।बोलाउन थाल्यो ।
कोटिहोम बारे चौतर्फी चर्चा चल्न थाल्यो। कमसेकम गण्डकी वासि भएपछि पोखरामा भएको यो विराट कोटि होममा एकपटक जानैपर्छ भन्ने कुराको सबैमा प्रभाव पर्न थाल्यो । पर्यटकहरु बिच समेत पोखरा घुम्न आएपछि एक पटक कोटिहोम स्थलमा प्रवेस गर्नैपर्छ भन्ने चर्चा चल्न थाल्यो । जसले गर्दा चारैतिर बाट भक्तजन र विभिन्न व्यक्तित्व हरुको उपस्थिति दिनप्रतिदिन बढ्दै जान थाल्यो । यहासम्म कि कतिपय वृद्द वृद्दा जेष्ठ नागरिक बा आमा हरुको ता प्रवचन सुन्ने समय विताउने आधार बन्दै गयो।
दिनभर काम केही छैन भनेर समय विताउन नसक्नेहरु समेत दिनभर कोटिहोम स्थलमा गएर भजन प्रवचन सुनेर दिन विताउन थाले। कतिपयले पोखरामै जन्मिएर यहि हुर्किएर जीवन व्यतित गरेर यहि आफ्नै जन्मभुमि कर्मभुमिमा यति विराट कोटिहोम हुदा पनि नजाने हो भने भोलि कहिले काही पोखरा बाहिर जादा कोटि होममा जानू भएको थियोे भनेर कसैले सोधे भने गइन भन्नू पर्दा त्यति ठुलो विराट कोटिहोम यज्ञ हुदा पनि पोखरा भएर पनि जानू भएन भनेर सोधिहाले भने के जवाफ दिने भनेर र एकपटक ता हेर्नकै लागि भएपनि जानैपर्छ भन्दै कोटिहोम जान थाले।
यो कोटिहोममा दिनहु देखिएको यो हजारौं भक्तजनहरुको घुइँचो देख्दा हरेक मानिसले अझैपनि नास्तिक हैन आस्तिक बन्ने चाहना राख्छ भन्ने कुरा कोटिहोम स्थलमा पुगेपछि प्रष्ट बुझ्न सकिन्छ ।
यहासम्म कि एकजना मित्रले पङ्तिकार सँग के गर्ने दाइ हिजो विरोध गरियो तर हामी नगएर क्यार्नि घरपरिवार ता सबै पुगि सके।धर्म भनेको यस्तो पो हुदो रहेछ। मैले त बल्ल बुझे भनेर खुलेरै भने मेरो हरेक कुरा मान्ने मेरा परिवारले यसबारेमा कुनैपनि सम्झौता गर्न चाहेनन् ।
तपाई जानुहोस वा नजानु होस् हामी जान्छौ भनेपछि मैले पनि रोक्ने कुरै भएन।
धर्म भनेपछि कुनै चुनावमा फलाना पाटिलाइ फलाना नेतालाई भोट हाल भनेजस्तो हुदो रहेन्छ। त्यसैले मैले अहिले मौनधारण गरेछु ।राजनीतिमा स्वतन्त्रता खोज्ने मैले धार्मिक स्वतन्त्रतामा अङ्कुस लगाउने कुरै भएन भनेर मनको वह कसैलाई नकह भनेजस्तो गरे।
जसले गर्दा कोटिहोममा जानेहरूको सख्या दिनप्रतिदिन बढेको रहेछ भन्ने बुझ्न सकिन्छ
पोखरा आफैमा प्राकृतिक सुन्दरताले भरिपुर्ण पर्यटकिय सहर त्यसमा पनि झन् पछिल्ला केही बर्ष यता धार्मिक शहरको रुपले परिचित हुँदै जान लागेको बेला हामिले जान्दा न इतिहासमा न कहिल्यै भयो न कहिल्यै यति ठुलो विराट कोटिहोम हुन सक्ने अवस्था रहला यस्तो कोटिहोम भएपछि एकपटक नपुगि कसको पो मन मान्ला र
यहासम्म कि हिजो कोटिहोमकै विरोध गर्नेहरु यसरी रातदिन कोटिहोममा समर्पित भएको देख्दा भलै कलियुगको प्रभाव भनेपनि मानिसमा धर्म प्रतिको आस्था अझै मरेको छैन रहेछ भन्ने कुरा एकपटक विरौटा कोटि होम स्थलमा पुगेपछि स्पष्ट बुझ्न र देख्न सकिन्छ ।
रह्यो यो ठगि भ्रमको खेति हो धर्मको व्यापार हो भन्ने कुरा पोखरा हाम्रो हो पोखरा बनाउन यो कोटिहोम भएको मात्रै हैन। कोटिहोम धर्म सँस्कृति सँस्कारको रक्षा कवच पनि हो। तर कोटिहोम बाट पोखरामा स्थायि मानवसेवा कार्य तथा महत्त्वपूर्ण धार्मिक क्षेत्र बनाउनमा भने सबैले पहल गर्नैपर्छ स्वामी बालेस्वर कृष्णमुर्तिको महाराज को पृष्ठभूमि के थियोे भनेर रातदिन अमुल्य समय खेरा फालेर विरोध गर्नु भन्दा पनि कोटिहोम बाट पोखरालाई कसरी हुन्छ फाइदाका लागि अब यसलाई प्रकृतिक धार्मिक सहरको रुपमा स्थापित गर्नका लागि सबै जुट्नु पर्छु। राजनीतिक धार्मिक सामाजिक विवाद र विरोध गरेर मात्रै पोखरा बन्दैन
झन् पोखरि बन्ने खतरा बढ्न सक्छ। त्यसैले हिजो को के थियो ।कस्तो थियो ,भन्नू भन्दापनि अब को कस्तो हुनुपर्छ ।कस्तो हुने भन्ने कुरा हो । पोखरा कस्तो बनाउने भन्ने कुरा हो।
