Friday, January 16News That Matters

नेकपा (बहुमत) कार्यकर्ताहरूको रिहाइको माग गर्दै पोखरामा मसाल जुलुस

यो समाचार शेयर गर्नुहोस्

पोखरा ,

नेकपा (बहुमत)ले राष्ट्रघाती, भ्रष्टाचारी, दलाल, मिटरव्याजी र घुसखोरहरूमाथि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ। शुक्रबार पोखरामा आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टीका विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज प्रेम प्रशान्त बोहराले यस्तो चेतावनी दिएका हुन्।

सोही अवसरमा पार्टीका नेताहरूले इँटाभट्टामा मानिस जिउँदै जलाएर हत्या गर्ने अभियोगमा दोषी ठहर भइसकेका पूर्वमन्त्री महमद अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई कालोमोसो दलेको आरोपमा केन्द्रीय सदस्यहरू अविनाश, पदम र सिरहा जिल्ला सचिवालय सदस्य गर्भू महतो पक्राउ परेको घटनाको विरोध पनि जनाएका थिए।

हालै अफताब आलमलाई सफाइ दिने न्यायाधीशहरूलाई कालोमोसो दलिएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका नेकपा (बहुमत) का नेता तथा कार्यकर्ताहरूको रिहाइको माग सहित कास्की पोखरामा राके जुलुस निकालिएको छ।

आलमलाइ उन्मुक्ति दिने न्यायाधीश मुर्दावाद ,पक्राउ परेका नेकपा (वहुमत) का नेता आफ्ना नेता कार्यकर्ता हरुलाइ अबिलम्व रिहाइ गर,भ्रष्टाचार र भ्रष्टाचारि मुर्दावाद, नेकपा (वहुमत ) जिन्दावाद ,वैज्ञानिक समाजवाद जिन्दावाद ,का नारा सहित मसाल जुलुस पोखराको जाल्पा रोडबाट सुरु भई सभागृह चोक हुँदै पृथ्वी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

प्रेमप्रसान्त बोहोराले पोखरा महानगरपालिकाभित्र फैलिएको वेथिति, फेवातालको मापदण्ड कार्यान्वयनमा देखिएको चलखेल तथा पातले छाँगो (डेभिज फल्स)को ठेक्कापट्टामा देखिएको अनियमितता नेकपा (बहुमत)ले गम्भीर रुपमा नियालिरहेको बताए।

मशाल जुलुसमा नेकपा (बहुमत)का केन्द्रीय सदस्य सबिन ओली, क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय सचिव लोकेन्द्र राई, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजक राजन साउद, क्रान्तिकारी युवा संगठनका केन्द्रीय सदस्य सूर्य परियार लगायत जिल्लाका अन्य नेताकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।

प्रतिकृया दिनुहोस