Tuesday, January 20News That Matters

महत्तगौडामा असार १५ गते रोपाइँ महोत्सव आयोजना हुने, स्थानीय क्लब र संस्थाहरूको सहकार्यमा

यो समाचार शेयर गर्नुहोस्

पोखरा


पोखरा महानगरपालिका–१७ मा अवस्थित महत्तगौडा क्षेत्रमा यस वर्ष पनि रोपाइँ महोत्सव भव्य रूपमा आयोजना हुने भएको छ। श्री सिदेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्थाको पहलमा हुन लागेको उक्त कार्यक्रम विरुवा फाट क्षेत्रमा सम्पन्न हुने छ।

कार्यक्रममा क्लब १६ लेकसाइड, ढुंगेसाँघु बोर्डिङ स्कुल महत्तगौडा, स्थानीय आमा समूह, स्थानीय बासिन्दा तथा पोखरा महानगरपालिका कृषि महाशाखालगायतको सहकार्य रहने आयोजक संस्थाले जानकारी दिएको छ।

महोत्सवमा परम्परागत रोपाइँ प्रदर्शन, सांस्कृतिक कार्यक्रम, स्थानीय परिकारहरूको प्रदर्शनी र कृषि सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू समावेश गरिने बताइएको छ।

स्थानीय कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको यस महोत्सवले परम्परागत कृषि संस्कृति जगेर्ना गर्न र समुदायमा सहकार्य तथा एकता बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ।


प्रतिकृया दिनुहोस