Tuesday, January 20News That Matters

वडा नम्बर २४ वडा अध्यक्ष अधिकारि मातृशोकमा

यो समाचार शेयर गर्नुहोस्

पोखरा महानगरपालिका–२४ कास्कीकोटका वडा अध्यक्ष भरतबहादुर अधिकारीलाई मातृशोक परेको छ।
वडाध्यक्ष अधिकारीकी आमा अम्बिका अधिकारीको ८२ बर्षको उमेरमा आइतबार निधन भएको हो।

सामान्य स्वास्थ्य अवस्थामा रहेकी उनि केहि दिन अगाडी सामान्य बिरामी परेपछि उपचारको लागि अस्पताल लगिएकोमा मणिपाल अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो।

सामाजिक तथा राजनीतिक ब्यक्तित्व बम बहादुर अधिकारि कि धर्मपत्नी
स्व. अधिकारीका ५ छोरा र १ छोरी रहेका छन।
छोराहरु धनबहादुर, गणेश बहादुर, मिनबहादुर, भरत बहादुर र रामबहादुर तथा छोरी देवका अधिकारी थापा रहेका छन ।
काइँला छोरा भरत अधिकारी पोखरा -२४ को वडाध्यक्ष तथा नेपाली काङ्ग्रेस महाअधिवेसन प्रतिनिधि साथै कास्किकोट सम्पर्क समितिका पुर्व अध्यक्ष समेत हुन् भने ,साइला छोरा मिनबहादुर बर्षौदेखि पोखरामा ब्यबसाय गर्दै आएका एक सफल व्यवसायि साथै कास्की कोट पोखरा सम्पर्क समितिका पुर्व अध्यक्ष समेत हुन।

स्व. अधिकारीका श्रीमान बम बहादुर अधिकारीले २०४३ सालको स्थानीय निर्बाचनमा तत्कालिन कास्कीकोट गाउँ पंचायतमा जनपक्षिय उमेद्वारको रुपमा उपप्रधानपँचको उमेद्वावारि दिएका थिए।
उनि राजनीतिक र सामाजिक व्यक्तित्वको रुपमा समेत चिनिन्छन ।

स्व. अधिकारीको हिजो सोमबार बिहान १० बजे धार्मिक परम्परा सँस्कार अनुसार अन्त्यष्टि गरिएको थियोे ।
दिवगत स्वर्गीय अधिकारिको आत्मको चिरशान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जलीका लागि विभिन्न पाटिका नेता सँघ सस्था तथा सामाजिक ब्यक्तित्व महानगर पालिका जनप्रतिनिधि आफन्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस