पोखराको मुस्ताङ चोकमा आज बिहान सवेरै सवारी दुर्घटना भएको छ।
पृथ्वी चोकतर्फ बाट जाँदै गरेको थ १ ख ७९२९नम्बरको टिपर र राष्ट्र बैक चोक तर्फ बाट मुस्ताङचोक हुँदै विरौटा तर्फ मोड्दै गरेको
प्र ३-०२-०१३ प ५८०४ नम्बरको मोटरसाइकल बिच आज बिहान करिब ५.५५ बजे एक आपसमा ठक्कर खाइ मोटरसाइकल सवार दुई युवा कास्की जिल्ला पोखरा २१ बस्ने बर्ष २२ का सुमन गौतम र पोखरा १७ बस्ने बर्ष २२ का सुगम श्रेष्ठ गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते भइ टाउको छातिमा चोट लागेको र गौतमको गण्डकी मेडिकल कलेज नया बजारमा उपचार भइरहेको छ भने
टाउको र छातिमा चोट लागि गम्भीर घाइते श्रेष्ठको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भइरहेको
कास्की ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटना भए लगत्तै वप्रका बैदाम बाट प्रनि मुकुन्द सिग्देलको कमाण्डमा खटिएको टोलिले दुर्घटना स्थलमा घाइते लाई उपचारका लागि पठाए लगत्तै टिपर साथै धादिङ जिल्ला रोराङ गाउपालिका घरभएका अन्दाजी बर्ष ४३ का टिपर चालक मित्रलाल श्रेष्ठलाई नियन्त्रणमा लिएर वप्रका बैदामा लगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।
