पोखरालाई अनुशासित, सभ्य र व्यवस्थित सहर बनाउन १५ बुँदे सुझाव
पोखरा ।
पोखरालाई अनुशासित, सभ्य र व्यवस्थित सहरको रूपमा स्थापित गराउनु पर्ने भन्दै जनता जनार्दन अभियान नेपाल (JJAN) ले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई सुझावपत्र सहित ध्यानाकर्षण गराएको छ
सञ्चारकर्मी तथा अभियान संयोजक शिवराज बस्ताकोटी (शिवदाइ) द्वारा हस्ताक्षरित उक्त पत्रमा पोखराको धार्मिक, सांस्कृतिक र पर्यटकीय पहिचानलाई संरक्षण गर्दै सहरलाई अझ थप सुरक्षित, सफा र आकर्षक बनाउनका विभिन्न व्यावहारिक सुझावहरू समावेश गरिएको छ।
ध्यानाकर्षण पत्रमा पर्यटकिय सहरमा बढ्दो सवारी बढ्दो दुर्घटनालाई न्यूनिकरणका लागि कङ्क्रिट डिभाइडरको सट्टा टायर डिभाइडर राख्न सडकमा ट्राफिक सर्तकता बोर्ड र (स्ट्रिट फर्निचर) जडान गर्न, साथै फुटपाथ र हाट बजारलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि सुझाव दिइएको छ।
त्यसैगरी, पोखराका सडकमा रहेका खाल्डाखुल्डीहरूको उचित व्यवस्थापन र मर्मत गर्न, त्यसका लागि विशेष मर्मत टोली गठन गरी २४ देखि ३६ घण्टाभित्र समस्या समाधान गर्ने प्रणाली लागू गरेनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

अभियानले पोखरामा रहेका नदीनालाहरूको संरक्षण गर्दै ढुङ्गा, बालुवा, गिट्टीको व्यवस्थित उत्खनन, सम्बन्धित निकायलाई करको दायरामा ल्याई पारदर्शी ढङ्गले खुला टेण्डर आह्वान गरी विवादरहित ठेक्का प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरेको छ। यसका लागि सातामा २४, ३०, ३६, ४२ र ४८ घण्टाको ड्युटी व्यवस्थापन प्रणाली मिलाउनुपर्ने सुझाव पनि पत्रमा समावेश गरिएको छ।
यस्तै, ग्रामिण वडाका सार्वजनिक जग्गा र जंगलमा फलफूल तथा तरकारी खेती गरी ग्रिनवेल्ट घोषणा गर्ने, कृषि प्रहरी, वडा प्रहरी र सम्पदा संरक्षण टोली गठन गर्ने, तथा महानगर ट्राफिक व्यवस्थापन समिति स्थापना गर्ने प्रस्तावहरू पनि पत्रमा समावेश छन्।

अभियानले पोखराको आर्थिक समृद्धिका लागि करको दर होइन, करको दायरा विस्तार गर्नुपर्ने, ढुङ्गा–बालुवा–गिट्टी उत्खननलाई व्यवस्थित र पारदर्शी रूपमा कर प्रणालीमा ल्याउनुपर्ने सुझावसमेत दिएको छ।
संयोजक बस्ताकोटीले भने, “पोखराको सौन्दर्य, र पहिचान जोगाउन अब सबै निकाय र नागरिकले हातेमालो गर्नुपर्ने जनाउदै। सहरको विकासका लागि महानगरवासि सबैको सहकार्य र उत्तरदायित्वको आवस्यकता रहेको छ। अनुशासित, सफा र स्वस्थ दुर्घटना रहित व्यस्थित शहर को रुपमा स्थापित गर्नु पर्ने सुझाब सहित ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
