पोखरा,
जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र हातहतियार लुटपाट सम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले लुटिएको हतियारसहित एक किशोरलाई पक्राउ गरेको छ।
कास्की प्रहरीले मिति २०८२।०७।२३ गते पोखरा–४ मा डेरा गरी बस्ने १६ वर्षका एक किशोर परिवर्तित नाम थर भएका बालकलाई (२०८२/२०८३ कास्की ३१ ) पक्राउ गरेको हो। सो क्रममा वडा प्रहरी कार्यालय बगरको आम्दानीमा रहेको चाइनिज पेस्तोल (टाइप ५४) बरामद भएको बताइएको छ।

प्रहरीका अनुसार पक्राउ परेका बालकलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। बरामद सामान चाइनिज पेस्तोल टाइप ५४ (म्याग्जिन बिना) रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्र.ना.उ. हरीबहादुर वस्नेतले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस
