पोखरा ,
पोखरेलि टेक्सि प्रालिको सातौ साधारण सभा नेपाल यातायात राष्ट्रिय महासँघ अध्यक्ष विजय वहादुर श्वारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
नेपाल यातायात व्यवसायि राष्ट्रिय महासँघका अध्यक्ष तथा प्रमुख अतिथि विजयबहादुर स्वाँरले साधारण सभाको उद्घाटन गर्दै राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको निजी यातायात क्षेत्रमा सरकारले नजर अन्दाज वेवास्ता गरेको प्रति दुख प्रकट गर्दै यातायात क्षेत्र झन् सरकारको सहयात्री भएको बताउँदै नीजि क्षेत्रलाई वेवास्ता गर्दै गएमा सिङ्गो देस दुर्घटनामा जाने बताएका छन् ।
बिहीबार पोखरामा आयोजित पोखरेली ट्याक्सी सेवा प्रालिको सातौँ बार्षिक साधारणसभामा बोल्दै उनले नीजि क्षेत्रको समस्या लाई सरकारले गम्भिरताका साथ नबुझि उल्टै तिरस्कार गर्दै गएमा य
यातायात क्षेत्र मात्रै नभइ सिङ्गो देस दूर्घटना जान सक्ने सङ्केत गरेका छन्।

सोही अवसरमा यातायात व्यवसायीहरुले आआफ्नो गल्ती कमी कमजोरीलाई स्वीकार गर्दै आफ्नो पेसा व्यवसायलाई परिवर्तित समयानुक्रम सगै मर्यादित र व्यवस्थित बनाउँदै लैजानुपर्ने बताउँदै,आफुहरु सहि बाटो हिड्न आग्रह गर्दै यदि हनमि सहि बाटो लाग्यौ भने हामिले पनि सरकारसँग गुनासो गर्ने ठाउँ रहने बताए
नेपाल यातायात राष्ट्रिय महासँघका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौला (सरोज) ले सिङ्गो यातायात क्षेत्रमा थप सुधार गर्दै जानुपर्ने तर्फ जोड दिदै ,ट्याक्सी व्यवसायलाई अब पनि प्रविधिमा नलैजाने हो भने प्रविधि लाई प्रयोग नगर्ने हो भने यातायात क्षेत्र धेरै पछि पर्न सक्ने खतरा रहेको तर्फ सङ्केत गर्दै स्वय व्यवसायिले यसो नगरेमा आफूहरुले मात्र केही गर्न नसक्ने बताए ।

पटकपटकको छलफल र आन्दोलन गरेको उल्लेख गर्दै छलफल र आन्दोलनले केहि नहुने ,परिवर्तन नआउँने बताउँदै त्यसका लागि स्वँय व्यवसायीहरुले आफूलाई समय सापेक्षा परिवर्तन गर्दै लैजानुपर्ने तर्फ जोड दिए ।
उनले जेनजी आन्दोलनपछि बनेको सरकारसँग प्रति केही आसा र अपेक्षा रहेको जनाउदै यसअघि भएका सहमती कार्यान्वयनबारे छिट्टै नै गृहमन्त्रालय बाट परिपत्र आउनेमा आफू विश्वस्त रहेको बताए ।
आयोजित सातौ साधारणसभाको अवसरमा वर्षभरी बिना दुर्घटना उकृष्ट सेवा प्रदान गरेका अनुशासित २४ जना चालकलाई नगद ३ हजार सहित नो क्लेम अवार्ड प्रदान गरिएको छ । कार्यलयका सहलेखापाल संगीता मिजार र तुलसी गिरीलाई नगद रु ५ हजारसहित सम्मान गरिएको छ ।

सोही अवसरमा पोखरेली ट्याक्सी सेवा प्रालिमा आबद्ध सदस्यका एसईई र एसएलसी परिक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने छोराछोरीहरुलाई विद्यार्थी सम्मानबाट सम्मान गरिएको छ । विद्यार्थी सम्मानबाट शिशिर बास्तोला, स्वस्तिका देवकोटा, अनिशा कुवर, अबिशा गुरुङ, सदिच्छा बास्तोला, निसा बराल, रोनिस खत्री, सिर्जना सुवेदी, दिया कार्की, रोशनी खनाल, असिम जिटि थापा, सुरक्षा सिरपुजा, युनिक गुरुङ, सृष्टि गोदार, सलिना चिताउने मगर, आयुशा बराइली, सौरभ सुनार, एलिना सुनार, मदन थापालाई सम्मान गरिएको छ
कार्यक्रममा स्वागत मन्तव्य राख्दै पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले प्रालिमा हाल १५ सय ६१ शेयर सदस्य रहेको बताउँदै यसमा आबद्ध ट्याक्सीलाई डिजिटल प्रबिधिमा रुपान्तरण गर्न मुभ ईन नेपाल एप्लिकेशनमार्फत सेवा सुरु गरिएको बताए ।
यातायात व्यवसायी राष्ट्रिय महासँघ प्रदेश र जिल्ला कमिटि, पोखरा पर्यटन परिषद, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारसँग पटकपटक छलफल र समन्वय गरेर एप सञ्चालनमा ल्याईएको उनको भनाइ छ । एप्लिकेशन मार्फत सेवा प्रदान गर्न ट्याक्सी बाहेक अरुलाइ अनुमति नदिन मुख्यमन्त्री सँग आग्रह गरिएको जानकारी गराए ।
उनले मिटरमा ट्याक्सी सेवा प्रदान गर्न नसकिने बताउँदै एप्लिकेशनमार्फत साधारण देखि लक्जरी सेवासहितको ट्याक्सी सेवा दिन समेत आफुहरु प्रतिबद्ध रहेको बताए ।
हाल यातायात क्षेत्र धरापमा रहेको बताउँदै यातायात क्षेत्रको समस्या समाधानका लागि व्यवसायीहरुमा एकता हुनु पर्नेमा जोड दिदै । यसका लागि पोखरामा सञ्चालित अन्य ट्याक्सी सेवा सँस्थाहरुलाई एकतामा बाधिएर एक भएर अगाडि बढ्न आग्रह गरिएको बताए
प्रालिमा आबद्ध व्यवसायी एवं चालकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै केही राहत हुने गरि आविस्कार हस्पिटल, दृष्टि आँखा हस्पिटल सँग छुट सम्झौता गरीएको उनले जानकारी दिए।
कार्यक्रममा यातायात कम्पनी प्रालिको तर्फबाट यातायात ब्यबसायी महासँघ गण्डकीका प्रदेश सँयोजक केदार पौडेलले यातायात व्यवसायलाई मर्यादित बनाउन ट्याक्सी व्यवसायीको भुमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रालिका अध्यक्ष एनकुमार साईले आफुहरुलाइ जहिले पनि सिन्डिकेटको ट्याग लगाउने गरेको गुनासो सहित आफुहरुले व्यवस्थित यातायात सञ्चालन गरेको यदि आलोपालो सिष्टम नगराउने हो भने एकैदिन सबै सवारि गुड्ने अवस्था रहे पृथ्वि राजमार्ग पोखदेखि काठमाडौ मात्रै हैन देसैभरका सडक सवारीले खालि नहुने वताए।सोही अवसरमा यातायात व्यसायिले झेल्नु परेका झमेला र समस्या बारे उजागर गर्न सञ्चारकर्मि हरुलाइ अनुरोध गर्दै सरकार सम्म पुर्याइदिन आग्रह गरेका थिए। रुपान्तरित पोखरेलि टेक्सि प्रालिका सँस्थापक अध्यक्ष तथा नेपाल यातायात व्यवसायि राष्ट्रिय महासँघ टेक्सि तर्फका सँयोजक प्रकाश मणि तिवारीले आक्रोसित मुद्रामा व्यवसायिका पीडा पोख्तै व्यवशायिले झेल्नु परेका समस्या बारे जानकारी गराउदै व्यवसायको सँरक्षण गर्ने हो भने भोलि आफ्ना सन्ततिले पनि गर्वका साथ यहि पेशालाइ अपनाउन सक्ने गरि व्यवस्थित गर्दै जानका लागि सम्पुर्ण टेक्सि व्यवसायि एक हुनुको विकल्प नरहेको वताए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासँघ सचिव भानुभक्त वराल ,
मजदूर सँघको तर्फबाट नेपाल यातायात मजदूर सँघ गण्डकीका अध्यक्ष किरण बाबू पन्त, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, लगायतले आ आफ्ना भनाइ राखेका थिए।

कार्यक्रमको अवसरमा हिमालि साँस्कृतिकका कलाकार हरुले बेजोड सास्कृतिक नाच प्रस्तुत गरेका थिए भने,प्रालिका महासचिव युवराज भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए।
