Friday, January 16News That Matters

पिरलिएका जनता छिरलिएका नेता

यो समाचार शेयर गर्नुहोस्

छिरलिएका नेताहरुकै अकर्मण्यताकै कारण देस भ्रष्टाचारको दलदलमा फस्यो जताततै भ्रष्टाचारै भ्रष्टाचार मौलाएर जान थाल्यो।यहाँ सम्म कि भ्रष्टाचारि लाई कसले कारवाहि गर्ने भ्रष्टाचारि लाई कारवाहि गर्ने सरकार समेत भ्रष्टाचारकै मतियार मात्रै बनेन अख्तियाररिनै लिए जस्तो गर्न थाल्यो। सत्ता बाहिर हुदा भ्रष्टाचारको विरोध गर्ने सत्तामा पुग्यो कि त भ्रष्टाचारिकै सरक्षण गर्ने प्रवृत्ति दल र नेताहरुमा दिनहु देखिन थाल्यो।जसले गर्दा नेताहरुकै प्रवृत्ति र गलत करामतकै कारण दिनहु पिरलिएका जनता बिचबाट जेनजि उमेर समुहले भ्रष्टाचारका विरुद्ध शुशासनका लागि भन्ने उद्घोष सहित जेनजि उमेर समुहको एउटा महाशक्तिले जन्म लियो,र जेनजि आन्दोलन शुरु गर्यो तर तत्कालिन सरकारकै निकम्मापन र केटौलिपनले गर्दा देसका भबिष्य नेपाली जनताका छोराछोरी लाई सिधै निधार र छातिमा गोलि हानेर ठाम्का ठाम् ढलाउने अत्यन्तै घृणित कार्य तत्कालीन सरकारले जुन लुस्साअस गर्य‍ो, तब सिङ्गो देस जुर्मुराएर जब सडकमा निस्क्यो ,तब यस्तो तत्वले प्रवेस गर्यो कि नेता दल र सरकार विरोधि बाहेक सिङ्गो देस विरोधि तत्वले प्रवेस गर्यो ।तब आन्दोलन जेनजिकै नियन्त्रण बाहिर गएक‍ आभास जेनजिलाइ समेत हुन थाल्य‍ो।

तब जेनजिकै नियन्त्रण बाहिर गएको आन्दोलनमा अराजक देस लाई सिध्याउन ख‍ोज्ने तत्व बाट धमिलो पानिमा माछा मार्ने काम भयो।

 जसको कारण  देसमा कल्पनै नगरेको देसले इतिहासमै नभएको क्षति ब्यहोर्नु पर्य‍ो।

जेनजि आन्दोलनकै बिचमा सरकार ढल्यो तर ,भन्दा बाहिरी रुपले हेर्दा, जेनजि सरकार बन्यो, तर पछिल्लो समयमा देखिएका गतिविधि र बाहिर आएका कुरा हरुले स्पष्ट के सङ्केत पनि गर्यो भने यो सरकार जेनजि हैन दलका नेताहरुले नै भित्रि तह बाट बनाएको सरकार ह‍ो कि भन्ने लक्षण हरु देखा पर्न थाले।

 किन भने वास्तविक जेनजि उमेर समुहलेनै जेनजिकै विद्रोह बाट जन्मिएको सरकारको विरोध र टिका टिप्पणी गर्नु पर्ने अवस्था देखिन थाल्यो।

 किन भने वास्तविक  जेनजि उमेर समुहले भ्रष्टाचारि लाई कारवाहि गर्नु पर्ने शुशासन स्थापित गर्नु पर्ने भन्ने लगायत मुख्य मुख्य  मुद्दाहरु लाई ओझेलमा पार्ने काम हुन थाल्यो। 

विभिन्न राजनीतिक दलहरुले आ आफ्नो दल बाट जेनजि जन्माउन थाले,  राजनीतिक पाटिका भ्रष्ट नेताहरुकै सँरक्षण गर्ने गरि हरेक पाटिमा च्याउसरि जेनजि उम्रार्न थाले । 

जेनजि आन्दोलन बाट उदय भएको सरकार जसलाई एकतिर असम्वैधानिक भन्दै नेताहरु उफ्रिने अर्कोतिर यहि सरकारले गराउने चुनावमा भाग लिने दैध चरित्र देखाउन थाले।

  यता जेनजिहरुले उठाएका मुद्दा हरुमा भने जेनजि याने कार्कि सरकारले समेत सविधान भन्दा बाहिर नजाने वहानामा उल्टै भ्रष्टहरुलाइ उन्मुक्ति दिने सङ्केत देखाउन थाल्यो । 

 नेपाली जनता  देसमा भएको भ्रष्टाचार माफिया तन्त्र ,दल र नेताहरुको मनपरि तन्त्र सहकारी प्रकरण, वेरोजगार र परनिर्भरको पिडाले छटपटाइ रहेका ,हजारौं  युवाहरू दिनप्रतिदिन विदेस पलायन हुन बाध्य भइ रहेका मात्रै हैन  बाच्नै गाह्रो पर्ने अवस्था बाट गुज्रिइ रहेको अवस्थामा  नेताहरु भने,खुलम् खुला भ्रष्टाचारमा लिप्त भइरहेको अवस्थाले गर्दा स्वार्थमा लतपतिएका नेताहरुकै कार्ण नेपाली जनता दिक्क भइरहेको कारणले गर्दा जेनजि उमेर समुहले जन्म लिएको थियो । 

तर दल र नेताहरु भने अब क्षतविक्षत खरानीमय देसलाइ कसरि बनाउने नेपाली जनताको अवस्था लाई कसरी माथि उठाउने भन्ने तिर भन्दापनि 

  कसरी पद पाउने कसरी नेतृत्व हत्याउने भन्नेमा मात्रै केन्द्रित भएर कोहि पाटि छाड्ने कोहि सदाका लागि पाटिकै नाम झण्डा चुनाव चिन्ह मात्रै हो र बर्षौदेखि लिएर आएका विचार सिद्धान्त दर्सन एजेन्डा र वाद लाई परित्याग गर्दै नेताहरु यति छिरलिएका छन् कि चिया पसल जस्तो गरि पाटि खोल्ने काम गर्न थालेका छन् ,भने नेताहरु चिया पसलमा चिया पिउन गएजस्त‍ गरि पाटि प्रवेस गर्न थनलेका छन्। कोहिपाटि फेरि देस युवाशक्तिले खालि हुँदै गएको तर्फ चिन्तित भएर बरु देस फर्क अभियान ल्याउनु पर्ने ठाउमा पाटिलाइनै आफ्नो घर जस्तो बनाएर घर फर्क अभियानको शुरुआत गरि रहेका छन्। यस‍ो भनि रहदा राजावादीको ट्याग लाग्न पनि सक्ला।

तितो तर  सत्य कुरा भन्नै पर्ने हुन्छ। कमसेकम हिजो राजतन्त्र छदा राजाले त गाउँ फर्क अभियान ल्याएर गाउप्रति आकर्षण बढाएको अवस्था थियोे । तर यी जसले राष्ट्र बनाउछौ राष्ट्रियता बचाउछौ भन्दै दसकौ राजनीतिक जीवन विताएका  पटकपटक सत्तामा पुगेका नेताहरुले  देसैभर आफ्नै पाटि र पाटि कार्यालय सँरक्षण गर्न नसक्ने आफ्नै पाटिका  कार्यकर्ता लाई सरक्षण गर्न नसक्ने दल र नेताहरुले  अब देस बचाउलान् देस बनाउलान् नेपाली जनताका पीडा र समस्या लाइ बुझ्लान् भनेर विश्वास गर्ने ठाउँ पनि रहेन ।

त्यसैले भन्नै पर्ने प्रस्न उठाउनै पर्ने हुन्छ।यी छिरलिएका नेतालाइ पिरलिएका नेपाली जनताले अब किन र कसरी पत्याउने कसरी विश्वास गर्ने र यिनका पाइला नाप्दै,यिनको धोतिको फुर्को समातेर पछि पछि लाउने। 

प्रतिकृया दिनुहोस