Friday, January 16News That Matters

विश्व एड्स दिवसमा पोखरामा पत्रकार अन्तरक्रिया

यो समाचार शेयर गर्नुहोस्

पोखरा,


विश्व एड्स दिवसलाई अवसर पार्दै पोखरामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीको संयुक्त पहलमा महासंघ कास्कीको पोखरा–७ स्थित सभाहलमा यो कार्यक्रम गरिएको हो।


कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. प्रेमराज पंगेनीले समुदायमा सचेतना पु¥याउन पत्रकारहरूको सहभागिता अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गरे। उनका अनुसार, एड्स जस्ता दिवसमा सञ्चारकर्मीसँगको प्रत्यक्ष अन्तरक्रियाले तथ्य–जानकारी छिटो र प्रभावकारी रूपमा जनस्तरमा पुग्न मद्दत गर्छ।


कार्यक्रममा डा. सरदचन्द्र बरालले एचआइभी र पोखरा एआरटी सेवाबारे विस्तृत प्रस्तुति दिए। उनले एचआइभी/एड्स उपचार अब सहज उपलब्ध भए पनि सामाजिक कलंक र भेदभावका कारण धेरै संक्रमितहरू नजिकैको स्वास्थ्य केन्द्रभन्दा टाढा गएर सेवा लिन बाध्य हुने परिस्थितिले समस्या गम्भीर बन्दै जाने बताएका थिए।


त्यसैगरी, प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीका एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले एड्स नियन्त्रणमा समुदायको सक्रियता अपरिहार्य रहेको उल्लेख गरे। उनका अनुसार, अझै पनि सम्भावित संक्रमितहरू लज्जा र डरका कारण परीक्षण तथा उपचार सेवाबाट टाढिन खोज्ने प्रवृत्तिले जोखिम बढाइरहेको छ।


अन्तरक्रियामा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा सल्लाहकार दिपेन्द्र श्रेष्ठ, एड्स रोग संघका केन्द्रीय सचिव मनोज गुरुङ लगायतका प्रतिनिधिहरूले विषयलाई विभिन्न कोणबाट प्रस्तुत गरेका थिए।
कार्यक्रम महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको थियो। स्वागत एड्स हेल्थकेयर फाउन्डेशन नेपाल गण्डकीकी प्रमुख विद्या कोइरालाले गरेकी थिइन् भने सञ्चालन महासंघ कास्कीका सचिव भुपाल गुरुङले गरेका थिए।
हरेक वर्ष डिसेम्बर १ मा मनाइने विश्व एड्स दिवसको यस वर्षको नारा ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ निर्धारण गरिएको छ।

प्रतिकृया दिनुहोस