देसमा यसरी यतिभाति धुवाकोमुस्लो उठ्ला देस खरानिमय बन्ला काखका ती कलिला सन्तति जेनजि माथि यसरी सरकार बाट सिधै छाति माथि गोलि बर्षला भन्ने कुरा ,न त नेपाली जनताले सोचेका थिए ,नत यो देसमा बर्षौ देखी राजनीति गर्दै आएका दल र राजनितिका नाममा वादै वादका व्यापार गर्दै आएका नेताहरुले नै सोचेका थिए। तर इतिहासमै नभएको जे नसोचिएको थियोे त्यहि भयो। बर्षौदेखि सत्ता स्वार्थ पूरा गर्नका लागि नेपालको व्यापारीकरण भएको राजनीतिले गर्दा आज देस यस्तो अवस्थामा आयो । सत्ताको लत लागेका कुलतको राजनितीमा फसेका नेताहरुले सत्तालाइ कमाउने भाडोको रुपमा प्रयोग गर्ने र आफूहरु विपिवादशाह, लालवादशाह , दलालवादशाह ,भ्रष्टबादसाह बन्दै गएर आज देसलाइ यति खोक्रो बनाउदै गएकि जेनजि युवाहरु समेतले वास्तविकता बुझ्दै जाने थाले देसमा किन दिनप्रतिदिन वेरोजगार बढि रहेछ ,विदेसिने युवाहरूको सख्या दिनहु बढि रहेछ ,स्वदेसमै भएकायुवाहरु पनि अपराध र कुलतमा फसदै गई रहेका छन् ,स्वास्थ्य शिक्षामा यसरी किन व्यापार भइरहेछ ,देसको सम्पदा सँरचना ठेक्का पट्टा विकासकै वहानामा देसको भुभाग अन्तर्राष्ट्रिय शक्ति लाई किन सुम्पिइदैछ। स्वदेसमै शिक्षा आर्जन गरेपनि स्वदेसमै जागिर खानकै लागि नेपाको कुनैन कुनै राजनीतिक पावर र पैसा हुनैपर्ने ठुलो धनराशि राजनीतिक दलका नेता ,कर्मचारी र उनका अगुवा पछुवा ,अम्चे चम्चे र भरौटे हरुलाई बुझाउनुपर्ने अवस्था किन सिर्जना भइरहेछ। देसमा भएका युवाहरु यसरी देसको मुल शक्ति किन बन्न सकि रहेका छैन भन्ने कुरा आज सम्म नबुझेकानेपाली जनताहरुका सन्तति जेनजि हरुले जब यी सब यावत् कुरा हरु सँगै , सिङ्गो देस यसरी रिणै रिणमा डुब्दै जानू , दलहरुको वादै वाद सत्ताको स्वादले गर्दा र नेताहरुकै निक्म्मा पनले गर्दा देस खोक्रो परर्निर्भर हुँदै जानुको मुल कारण भनेको भ्रष्टाचार र कुशासन नै हो भन्नेकुरा जब बुझे, तब जेनजि उमेर समुहले देसैभर भ्रष्टाचारका विरुद्ध भ्रष्टाचार अन्त्य र शुसासन स्थापनाका लागि एउटा यस्तो आधुनिक विकसित विगुल फुके कि देसभर साराका सारा युवा जागे जेनजि आन्दोलनको घोषणा सहित जेनजि २३ गते सडकमा निस्के, जुनकुरा तत्कालीन सरकारले अत्यन्तै केटौलिपन देखाउदै जेनजि उमेर समुहलाइ केटाकेटीको सँज्ञा दिदै , केटाकेटी हरुको रमाइलो सडकमा आउछन् उफ्रन्छन् जान्छन् भनेझै गर्यो। तर त्यो जेनजि शक्ति सरकारले सोचेजस्तो थिएन । त्यो शक्ति सडकमा यस्तो शक्ति दखिन थाल्यो कि सायद नेपालको इतिहासमा सडकमा यति ठुलो शक्ति प्रदर्सन भएकै थिएन ।त्यस्तो शक्ति देखेपछि तत्कालीन सरकार यति अत्तालियो कि सरल भाषामा भन्नू पर्दा वौलायो र सिधै जेनजि माथि छाति र टाउकोमै अन्धाधुन्ध गोलि प्रहार गरेर १९ जना जेननिको हत्या गर्यो।
जसले गर्दा २४ गते सरकारको नरसँहार प्रवृती र आफ्नै छोरा नाति जेनजिको रगतमाथि होलि खेलेको देखेपछि सडक रक्ताम्य भएपछि देसै भर बाट साराका सारा नेपाली जनता जब सडकमा निस्के तब जेनजि आन्दोलन यस्तो हुन पुग्यो कि सिङ्गो देसमा एउटा यस्तो जनभुइचालो जान थाल्यो कि ठुला ठुला मन्त्री नेताहरुका घर समेत जल्न र हल्लन थाले, तब त्यहि मौकाको फाइदा उठाउदै अराष्ट्रिय अराजक देस वर्वाद पार्न चाहने तत्वहरु कै कारणले सिहदरबार लगायत राष्ट्रका पहिचान र स्वाभिमानका धरोहर अग्निमय हुँदै गए। देस वर्वाद भएको देख्न चाहने हरुले जताततै लुटपाट मच्चाउन थाले, जसले गर्दा देसैभर लुटपाट आगजनी तोडफोड यति भयो कि ,करिब २४ घण्टा त देस कसैको नियन्त्रणमा रहेन करिब ७५ जना नेपाली जनताको को ज्यान गयो , देस खरानी मय भयो । किन भने देसकै प्रधानमन्त्री हेलि अकासमार्ग हुदै ठ्याक्कै भन्नू पर्दा भागे। तब रिक्त अवस्थामा पुग्यो नेताहरु लुका लुक भागाभाग गर्न थाले , कहि कतैशाट थप सुरक्षा नपाउने देखेपछि नेपाल प्रहरीको पनि भागाभाग भयो ,अन्य सुरक्षा निकाय मौन रहे। फेरिपनि ढिलै भएपनि सेनाे जुन वुददिमता देखायो त्यो ऐतिहासिक महत्त्वपूर्ण भुमिका बन्न पुग्यो । तब आकै बलमा राष्ट्रपति रसेनापतिकै भुमिका बिच,जेनजि सरकार बन्यो , थर जेनजि सरकार बने पनि पुर्णतः जेनजि सरकारको रवैया र जेनजिलाइ नै उल्टै पक्राउ गर्दै झन् घिउ थप्ने काम भएपछि र राजनीतिक दलप्रति अलि बढिनै झुकाव देखिन थालेपछि जेनजि समेत खुसि देखिन सकेनन् ।
सरकारले जे गर्ला भन्ने उत्साह उमङ्ग लिएर जेनजि अगाडि बढेका थिए त्यो हुन नसकेपनि दल र नेताहरुले आजसम्म जे जुन ढङ्गले राजनीति गरेका थिए। कतिपय दल हरु जेनजि सरकारेले गराउने चुनावमा जानका लागि तयारी गर्न थाले तर कतिपय दल अरु भने ससद पुनर्स्थापनाको रट सहित विरोधमा उत्रन थाले। फेरिपनि देसले निकास र विकास दुवै पाउनु पर्छ। कुनैपनि देसमा निकास विनाको विकास सम्भव हुदैन विकास विना सम्वृद्दि हुदैन, समवृद्दि विना सुखि नेपाली शान्त नेपाल बन्न सक्देन त्यसैले भन्नै पर्ने हुन्छ। अब देसमा राजनीतिक वादको व्यापार गरेर देसलाइ वर्वााद बनाउने काम कहि कतै बाट कुनै नेता र दल बाट नहोस् । धित भएर बल बुन्दा र चन्दाको राजनीति नहोस् भ्रष्टाचार ठेक्का पट्टा माफिया तस्कर तन्त्रको राजनीति नहोस् ।नेताहरुमा लागेको सत्ता स्वादको लत बाट राजनीतिक कुलत बाट नेताहरु मुक्त हुन सकुन्। यतिबेला देसमा भएको परिस्थिति देख्दा जेनजि उमेर समुहले अब अत्यन्तै सँयम भएर अत्यन्तै बुद्दिमता पुर्वक डिजिटल युग अनुसार समयकै गति सँगै समाहित हुदै र देसलाइ त्यहि गतिमा समाहित गर्दै ,अगाडि बढाउदै,विश्वको अगाडि स्वर्ग जस्तो देखिएको देस नेपालमा सुवर्ण अवसरको सदुपयोग गर्दै नेपालकै इतिहासमा ऐतिहासिक स्वर्ण युगको उदाहरण दिनु आवश्यक छ । अब दलहरुले सत्ताको स्वादमा रमाउन र वादको व्यापार गर्दै देस वर्वाद पार्न तिर नलागुन् । नेताहरु जसरी पाटिप्रति चिन्तित हुँदै पाटि र आफ्नो अस्तित्व जोगाउन जसरी लागि परेका छन् त्यो भन्दा माथि उठेर राष्ट्रको अस्तित्व र स्वाभिमान बचाउन तिर लागुन् । देसमा पहिला शान्ति छाओस् । हरेक नेपालीले गर्वक साथ म नेपाली भन्न पाओस् । देसको युवाशक्ति स्वदेसमै स्देसकै माटोमा खेल्न पाओस् वर्तमान समयको माग पनि यहि हो।वर्तमान अवस्था र समयले यहि मागेको छ।
