Friday, January 16News That Matters

कास्कीमा पूर्वमन्त्री खड्कासहित सयौँको सङ्ख्यामा रास्वपामा प्रवेश

यो समाचार शेयर गर्नुहोस्

पोखरा

जेनजि आन्दोलन पछि देसैभर भएको राजनीतिक उथलपुथल सगै पुराना भनिएका दलहरुमा समेत कतै आन्तरिका चर्काचर्कि त कतै असन्तुष्टिका धर्का धर्कि देखिएको बेला पार्टि अध्यक्षमाथि सहकारी रकम हिनाविना अभियोगको शिकार बनेको रास्वपा भने न्यून न्याय पाएसगै राजनीतिक नयाशक्ति एक बनाउने दौडमा लागेको छ।
विकासका नाममा निचोरिएको नाममा साँघुरिएको पोखराको प्रदर्शनी केन्द्रमा रास्वपा द्वारा शनिबार आय‍ोजित कार्यकर्ता तथा पाटि प्रवेस कार्यक्रमको अवसरमा तत्कालीन गण्डकी प्रदेस पुर्व मन्त्री कुमार खड्का यसभन्दा अगाडिको स्थानीय निर्वाचनमा महानगर पोखराको मेयर पदका आकाङ्क्षि तथा नेकपा एमाले गण्डकी प्रदेस सदस्य समेत रहेका कास्कीका पुष्प अधिकारि र प‍ोखराकै सफल उध्योग व्यवसायिको रुपमा स्थापित नेपाली काङ्ग्रेस कास्की सक्रिय सदस्य मिलन थापा लगायत सयौको सँख्यामा भब्य समारोहका बिच रास्वपा प्रवेस गरेका छन्।


प्रचण्ड प्रधानमन्त्री भएको बेला पुर्वमन्त्रि खडका अखण्ड नेपाल पाटिबाट तत्कालीन सघिय महिला बालबालिका मन्त्री भएका थिए भने काङ्ग्रेस पाटि प्रवेश सगै गण्डकी बाट समानुपातिक साँसद बनेपछि भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत भएका थिए।उनी गण्डकी प्रदेसका अनुभवी चर्चित नेताको रुपमा स्थापित नेतको रुपमा मानिन्छन् । तर उनकै भनाइमा ७९ को चुनावमा पाटि भित्रैबाट टिकट समेत नदिने खेल भएको थियोे भने,उल्टै चुनावमा असहयोग गरेको आरोप सहित कारवाहि स्वरूप पाटिले निलम्बन गरेपछि लामो समयको पर्खाइ पछि उनी रास्वपामा प्रवेश गरेका हुन्।
उनेले रास्वपा प्रवेस गर्ने गाइगुइ भएसगै पाटिले उनिमाथि लगाइएको कारवाहि फुकुवा गरेको थियोे।
यसैगरी रुपाकोट रिसोर्टका सँञ्चालक तथा गण्डकी प्रदेस सदस्य अधिकारि नेकपा एमाले कास्कीका नेता पुष्प अधिकारि समेत रास्वपामा प्रवेश गरेका थिए।


पोखराकै उद्धमि व्यवसायिको रुपमा साथै सामाजिक विकास मन्त्री बिन्दु कुमार थापा परिवार मन्त्री कै भाइ बुहारि तथा अटोमोबाइलल्स (नाडा)का पुर्व अध्यक्ष ध्रुवकुमार पत्नि नेपाली काङ्ग्रेस पाटिको सक्रिय सदस्यको रुपमा परिचित मिलन थापा सहित नेपाली काङ्ग्रेस नेकपा एमाले पुर्व माओवादी कार्यकर्ता तथा शुभेच्छुक हरु सयौको सख्यामा रास्वपामा प्रवेस गरेका छन्।

जेनजि आन्दोलनको क्रममा मन्त्री थापाको घरमा आगजनी तथा तोडफोड भएसगै भाइ ध्रुव थापाको घर समेत जलेर नष्ट भएको थियो।

सोही आयोजित पाटि प्रवेस कार्यक्रममा उपसभापति वाग्लेले देसैभर पाटि प्रवेस गर्नेको लहर चलेको वताउदै आगामी फागुन २१ को चुनावमा १५१ सिट जितेर सरकार बनाउने दावि गरेका थिए,भने महामन्त्री बुर्लाकोटि, प्रवक्ता झा,ले समेत आयोजित सभामा सम्बोधन गरेका थिए।

उनिहरु सबैलाई रास्वपा उपसभापति स्वर्णिम वाग्ले महामन्त्री कविन्द्र बुर्लाकोटि, प्रवक्ता मनिष झा ,नेता समिक्षा बास्कोटा लगायतले पाटि प्रवेस कार्यक्रममा स्वागत गरेका थिए भने,

नेपालकै इतिहासमा जेनजि आन्दोलन भएसगै सिङ्गो देस मात्रै नभएर दसकौ राजनीतिक इतिहास बोकेका दलहरु यतिबेला राजनीतिक सङ्कटको भुमरीमा परेका छन्। जसले गर्दा फागुन २१ को चुनावमा नया पुराना राजनीतिक शक्ति हरुको प्रतिस्पर्धा हुने देखिएको छ।

Screenshot

प्रतिकृया दिनुहोस