बस्ताकोटी वंश अनुसन्धान परिषद् केन्द्रीय समितिको ११ औँ साधारण सभा तथा पाँचौं महाधिवेशन गत शनिबार सम्पन्न भएको छ।
अधिवेशनले राम प्रसाद बस्ताकोटिको नेतृत्वमा एक सदस्य पछि थप गर्ने गरि २५ सदस्यीय कमिटि सर्वसम्मत बाट चयन गरेको छ।

नेपालभरि छरिएर रहेका समस्त कौशिक गोत्रिय बस्ताकोटी बन्धुहरूको तनहुँको पवित्र तीर्थस्थल देवघाट धाम मा गरिएको साधारण सभा तथा अधिवेशन बाट नयाँ कार्यसमिति चयन गरिएको हो।
अधिवेशनमा प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा गुरुङले कार्यक्रमको उद्घाटन गरेका थिए।
उद्घाटनकै क्रममा बन्धुत्व एकता गरेर अगाडि बढ्न सुझाव दिदै अधिवेशन सफलताको शुभकामना दिएका थिए।
लामो समयदेखि बस्ताकोटी वंश लाई महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका समाजसेवी एवं अग्रज व्यक्तित्व रामप्रसाद बस्ताकोटीको अध्यक्षतामा जम्मा २४ सदस्यिय नव कार्यसमितीको चयन गरिएको छ।

उपाध्यक्षमा ज्ञानेश्वर, बस्ताकोटि (स्याङ्जा ) ,कृष्ण, बस्ताकोटि ( कास्की) दिपेन्द्र बस्ताकोटि (कास्की) त्यस्तैगरी महासचिवमा ढकनाथ (गोर्खा )
सचिवमा कास्कीका राजेन्द्र (कास्की ) बाबुराम (कास्की )साथै कोषाध्यक्षमा चन्द्रकान्त (कास्की ) सह-कोषाध्यक्षमा राजेन्द्र (कास्की ) निर्वाचित भएका छन् ,भने कार्यसमितिमा सदस्यमा क्रमशः दिनेश बस्ताकोटी, (चितवन ) रमेश ,मनिषा, मोतिलाल, धर्मराज, दुर्गा देवी, युवराज, विष्णुप्रसाद बस्ताकोटी कास्की रहेका छन् भने , मीना बस्ताकोटी , (गोरखा) नवराज , सम्झना केशव बस्ताकोटि ( मकवानपुर ) लिला बस्ताकोटी (झापा ) ईश्वरी,कृष्णचन्द्र बस्ताकोटी (नवलपुर )
चयन भएका छन्। निर्वाचन कमिटीका सँयोजक मिनराज बस्ताकोटिको सँयोजकत्वमा सर्वसम्मत बाट निर्वाचन सम्पन्न गरिएको थियोे ।
बस्ताकोटि वँश अनुसन्धान परिषद केन्द्रीय अध्यक्ष बामदेव बस्ताकोटीको अध्यतामा गरिएको आयोजित ११ अौ साधारण सभा तथा ५ अौ अधिवेशन कार्यक्रम परिषदका महा सचिव दिपेन्द्र बस्ताकोटिले सँञ्चालन गरेका थिए भने, स्वागत मन्तब्य परिषदका उपाध्यक्ष ढकनाथ बस्ताकोटिले दिएका थिए।
