Tuesday, February 10News That Matters

देशको भविष्य अब जनताको हातमा

यो समाचार शेयर गर्नुहोस्

नेपाली जनताले अब विवेक पुर्‍याएर, सोचेर–बुझेर भोट हाल्नुपर्ने समय आएको छ। अझै पनि हाम्रा धेरै बुढा–पाका आमा–बुबा भावनामा बहकिएर, जसले जे भन्यो त्यही मान्ने प्रवृत्ति देखिएकै छ।

अब हामी छोरा–छोरीहरूले उहाँहरूलाई बुझाउनुपर्ने बेला आएको छ सही नेतृत्व कसरी छान्ने भन्ने कुरा।अब देशको भविष्यबारे गम्भीर भएर सोच्ने समय आएको छ।

हिजोका साना–ठूला गल्तीका कारण आज देशले दुःख भोगिरहेको छ, ती गल्तीहरू अब फेरि दोहोरिन नदिनु हाम्रो दायित्व हो।

कहिले विदेशी शक्तिले नेपालमा खेल खेले, कहिले अमेरिका, कहिले चीन , भारत यस्ता उदाहरण हामीले देखेकै छौँ।

हामी भुइँमान्छे र हाम्रा बुवा–आमाहरूले यो कुरा बुझ्नै पर्छ कि भावनामा बहकिएर अरूको चङ्गुलमा पर्नु हुँदैन।

अब देशका लागि इमानदार, सक्षम र दूरदर्शी नेता छान्ने बेला आएको छ।

आज गरिएको एउटा सही निर्णयले भोलिको नेपाल बनाउँछ।

आज हामी एकछिन रोकिएर सोच्नै पर्छ।

कुनै समय नेपालभन्दा धेरै गरिब भनिएका देशहरू आज कहाँ पुगे?

हामीले जसलाई कहिले चामल सहयोग पठायौँ, जसलाई उभिन सघायौँ—आज ती देशहरू आत्मनिर्भर बनेका छन्, विकासको बाटोमा अघि बढेका छन्।

तर नेपाल आज पनि त्यहीँ उभिएको छ, जहाँ हिजो थियो।

देश गरिब बनेको होइन।

देशलाई बारम्बार गलत नेतृत्वको हातमा सुम्पिँदा यस्तो अवस्थामा पुगेको हो। नेपाली जनता पटक–पटक भावनामा बहकिए, नारा, भाषण र खोक्रा आश्वासनमा भरोसा गरे—

र त्यसको मूल्य आज आँसु, दुःख र पीडामा तिर्नुपरेको छ।

आज युवाहरू परदेशिन बाध्य छन्,

बुढा–पाका आमाबुबा छोराछोरीको बाटो हेरेर दिन काटिरहेका छन्।

यो पीडा कुनै नियतिको दोष होइन।

यो गलत निर्णयहरूको परिणाम हो।

अब पनि नसचेतिने हो भने,

आजको दुःख भोलि झन् गहिरो हुनेछ।

अब भावनाले होइन, विवेकले देश बचाउने बेला आएको छ।

आजको एउटा सही मतले भोलिको नेपाल बदल्न सक्छ।

#भोट_विवेकपूर्वक

#देशको_भविष्य

#सही_नेतृत्व

#नेपाल_बचाउ

प्रतिकृया दिनुहोस