
पोखरा
पोखरा महानगरपालिका तथा सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीको संयुक्त आयोजनामा भूकम्प सुरक्षा सम्बन्धी कृत्रिम घटना अभ्यास (सिमोल्सन ) कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम २०८२ साल माघ २ गते बिहान ८:३० बजे पोखरा महानगरपालिका–५, मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको थियो।

अभ्यासमा सम्भावित भूकम्पपछिको खोज तथा उद्धार, घाइतेको प्राथमिक उपचार, राहत वितरण र सम्बन्धित निकायबीचको समन्वय अभ्यास प्रदर्शन गरिएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।


वक्ताहरूले भूकम्पजस्ता प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी, जनचेतना र अभ्यास कार्यक्रम अत्यावश्यक रहेको बताउनुभयो। रुद्रदेवी शर्माले विपद् व्यवस्थापनमा सबै निकाय, सुरक्षा संयन्त्र र स्थानीय तहबीचको सहकार्यले मात्र प्रभावकारी परिणाम दिन सक्ने उल्लेख गर्नुभयो।

आयोजकका अनुसार यस्ता अभ्यास कार्यक्रमले विपद्को समयमा जनधनको क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।


