Saturday, April 18News That Matters

वसन्त आधारभूत बिध्यालयको ५७ औ वार्षिकोत्सब तथा अभिभावक दिवस सहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न

यो समाचार शेयर गर्नुहोस्

पोखरा, वसन्त आधारभूत बिध्यालयको ५७ अौ वार्षिकोत्सब तथा अभिभावक दिवस सहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न

पोखरा महानगर पालिका वडा नम्बर २४ कास्की कोट स्थित वसन्त आधारभूत बिधालयले आफ्नो ५७ अौ वार्षिकोत्सबको अवसरमा अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम २८ गते शनिबार सम्पन्न गरेको छ ।
आयोजित कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २४ भरत वहादुर अधिकारीको आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्ष अधिकारीले बिधालयले गुणस्तरीय शिक्षा प्रदान गरेकोमा बिधालय परिवारलाई धन्यवाद दिदै बिधालयमा शिक्षक दरबन्दी थप गरिएको जानकारी गराउदै आगामी दिनमा बिधालयको सँरक्षण तथा खेलकुद तथा शैक्षिक अवस्था लाई थप उर्जाशिल बनाउनका लागि वडा नम्बर २४ सदा तयार रहेको वताउदै बिधालयका हरेक समस्या समाधान गर्ने प्रतिबद्धता जनाउदै बिध्यालयको उत्तरोत्तर प्रगतिको कामना सहित बधाई तथा शुभकामना दिनुभयो ।

बिध्यालय व्यवस्थापन समिति अध्यक्ष भक्त वहादुर नेपालीको अध्यक्षता आयोजित कार्यक्रमको अवसरमा भुपु बिध्यार्थि तथा लायन्स क्लब अफ पिपल चौतारी का अध्यक्ष पदम बस्ताकोटिले अक्षयकोष स्थापनाका लागि रु १०१०००/ अक्षरुपि एक लाख एक हजार रुपैयाँको चेक बिध्यालय प्रअ भिम प्रसाद सुवेदी तथा विव्यस अध्यक्ष भक्त वहादुर नेपाली लाई हस्तान्तरण गर्नु भएको थियोे । कार्यक्रममा अतिथि वडा सदस्य कृष्ण प्रसाद सुवेदी ,विध्यालयका पुर्व बिध्यार्थि तथा कालिका माध्यमिक बिधालय व्यवस्थापन समिति अध्यक्ष प्रा डा यमनाथ तिमिल्सिना , अध्यक्ष भक्त वहादुर नेपाली लगायतले बोल्नु भएको थियोे भने प्रअ सुवेदिले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।


आयोजित कार्यक्रममा सँस्थापक सदस्य शिबराज बस्ताकोटि गणेश बस्ताकोटि चन्द्रेश्वर बस्ताकोटि वडा सदस्य साथै अभिभावक लगायत बुद्धिजीवी समाजसेवी शिक्षाप्रेमि लगायतको उपस्थिति रहेको थियोे । बिध्यार्थि भाइ बहिनी हरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुति रहेको थियोे भने,शैक्षिकसत्र २०८२ को पुरस्कार वितरण गरिएको थियोे ।

प्रतिकृया दिनुहोस