पोखरा
संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल निर्वाचित भएकी छन । आज पोखरामा सम्पन्न सातौ महाधिवेशनले कडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
सस्थाको उपाध्यक्षमा कंचन थापा कोइराला र महासचिवमा उमा आले मगर निर्वाचित भए ।
यसैगरी सस्थाको सचिवमा अनिता घिमिरे र कोषाध्यक्षमा बालकुमारी पौडेल ( तारा ) चयन भए ।
सदस्यहरुमा शोभा नेपाल , सपना अधिकारी, रोजी श्रेस्ठ, रिना थापा, देकीका तामाङ विना थापा मगर निर्वाचित भए ।
महाधिवेशनमा सर्वसम्मत निर्वाचित भएको नयाँ कार्यसमितिको कार्यकाल ३ वर्ष रहेको छ ।
यसअघि महाधिवेशनको उद्घघाटन गर्दै राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारीले नेतृत्व तहमा महिलाको सहभागीता बढाउन सञ्चारिकाले भूमिका खेल्नुपर्नेमा जोड दिइन ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, सञ्चारिका समूह नेपालका अध्यक्ष कमला पन्थी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, सञ्चारिका समूह नेपालका उपाध्यक्ष बसन्ती वास्तोला, पत्रकार महासंघ गण्डकीका महासचिव जमुना वर्षा शर्मा, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, सञ्चारिका समुह गण्डकीका पूर्वअध्यक्ष स्मिता अधिकारी लगायतले बोलेका थिए ।
अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन समूहका कोषाध्यक्ष उमा आले मगरले गरेकी थिइन । महासचिव र कोषाध्यक्षको प्रतिवेदन सभाले पारित गरेको थियो ।

