
पोखरा
पोखरामा पर्यटकलाई सस्तोमा होटल मिलाइदिन्छु भन्दै झोला तान्ने, करकाप गर्ने तथा दुःख–हैरानी दिने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज १७ र १८ गते पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोक क्षेत्रमा सञ्चालन गरिएको ‘स्वीप अपरेसन’ का क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवान ले घटनाबारे जानकारी दिएका हुन्।

प्रतिकृया दिनुहोस
