Tuesday, February 10News That Matters

छोरेपाटन मा.बि.भू.पू. विद्यार्थी मञ्चको अध्यक्षमा रानाभाट

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा महानगरपालिका वडा नंं १७ मा रहेको छोरेपाटन मा.बि.को पुर्व विद्यार्थीहरुको भेलाले कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा ११ सदस्यीय छोरेपाटन मा.बि. भू.पू. विद्यार्थी मञ्च गठन गरेको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा हिमलाल उपाध्याय, उपाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल, सचिवमा शालिकराम भण्डारी, कोषाध्यक्षमा कविता गुरुङ, सहसचिवमा ज्योति हमाल, सहकोषाध्यक्ष गणेश घर्ति क्षेत्री, सदस्यहरुमा शिवराज न्यौपाने, केदार पहारी, अमन थापा र रामचन्द्र वराल चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारी, प्रधानाध्यापक डिल्लीराम शर्मा भुषाल, पुर्व प्र.अ. लक्ष्मण थापा, विद्यालयका सहायक प्र.अ. खेमराज वराल (ध्रुब) र मेघनाथ पौडेल, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष श्रीराम सुवेदी, मञ्चका संस्थापक दिपक राज वराल लगाएतले मञ्चले पुर्व विद्यार्थीहरुलाई संगठित गरी विद्यालयको शैक्षिक तथा अन्य गतिविधिमा सहयोग गर्नुपर्ने वताएका थिए । पुर्व विद्यार्थी कृष्णबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कृष्णप्रसाद पोख्रेलले र संचालन शालिकराम भण्डारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस

1 Comment

  • I am really impressed along with your writing abilities and also with the layout to your weblog. Is this a paid topic or did you modify it yourself? Either way keep up the excellent quality writing, it is uncommon to look a great blog like this one today!

Leave a Reply

Your email address will not be published. Required fields are marked *