Sunday, March 23News That Matters

मालपोत सडकखण्डका खाल्डाखुल्डी वडाले पुर्यो

यो समाचार शेयर गर्नुहोस्

पोखरा

लामो समयदेखि खाल्डाखुल्डी परेकै कारण सवारि दुर्घटना भएपछि आम नागरिकले सास्ती पाउनुका साथै दुर्घटनाको शिकार भइ रहदा पनि सम्वन्धित निकायको ध्यान नगएपछि परिवर्तनका लागि हामी अभियान नेपालले ध्यानाकर्षणका लागि शहिदचोक मालपोत सडकखण्डमा फेसवुक लाइभ सङ्कल्प यात्रा तथा सडकमै जोडिएर रहेका सम्वन्धित सरकारि कार्यालय प्रमुख हरु समक्ष ध्यानाकर्षण पत्र बुझाएर दुइ चरणका साङ्केतिक विरोध कार्यक्रम गरेको थियो ।

त्यस लगत्तै वडा नम्बर ७ अध्यक्ष राम मोहन आचार्य लाई कार्यक्रम बारे जानकारी गराएपछि आफू पनि यसबारे गम्भीर रहेको वताउदै सबै निकाय सग समन्वयन गर्ने वताउदै तत्कालै सडकलाइ पुर्ण निर्माण गर्न नसकिए पनि तत्कालिन समस्याको समाधान गर्नका लागि छिटोभन्दा छिटो कदम चाल्ने प्रतिवद्दता जनाएका थिए ।

प्रतिकृया दिनुहोस