Sunday, July 26News That Matters

पोखरा एन्ड्युरो रेस अब हरेक वर्ष पोखरा १३ मा गर्ने सम्झौता

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा एन्डयुरो रेस अब हरेक वर्ष पोखरा १३ मा गर्ने सम्झौता भएको छ । पोखरा एन्ड्युरो र पोखरा महानगरपालिका वडा नं. १३ बीच यस्तो सम्झौता भएको हो ।

हालसालै सम्पन्न भएको एन्डयुरो अन्तर्राष्ट्रिय साइकल रेसको सफलता पश्चात अब हरेक वर्ष पोखरा १३ मा नै उक्त प्रतियोगिा आयोजना गर्ने गरी सम्झौता भएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । खेल मार्फत पोखरा १३ को पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिने समेत उनले उल्लेख गरे । वडाबासीलाई थोरै भए पनि आम्दानीको बाटोमा अग्रसर गराउन उक्त प्रतियोगिता मार्फत सहयोग पुग्ने विश्वास उनको छ । पोखरा १३ सँग मिलेर प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरको एन्डयुरो साइकल रेस प्रतियोगिता गर्ने सम्झौता गर्न पाउँदा खुशी लागेको एन्ड्युरो अन्तर्राष्ट्रिय साइकल रेस प्रतियोगिता गर्दै आएका जानकारहरु बताउँछन् । खेल प्रतिको विश्वासले अगाडि बढ्न सहज हुने उनीहरुको भनाई छ ।

Enter

प्रतिकृया दिनुहोस