Friday, March 28News That Matters

पर्यटकलाई नसालु पदार्थ खुवाउन खोज्ने पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पर्यटकीय क्षेत्र लेकसाईडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्नेसहित विभिन्न कसुरमा संलग्न दश जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीको टोलीले १० जना विरुद्ध अभ्रद व्यवहार मुद्धा चलाएको छ ।

लेकसाईडमा बिदेशी तथा स्वदेशी पर्यटकहरुलाई बाटोमा नशालु पदार्थ सेवन गर्नको लागी दवाव दिने नमानेमा बाटोमा हिड्ने पर्यटक तथा मानिसहरुलाई हैरानी गरी आतङ्कित पारेको भन्दै पोखरा १६ दिप वस्ने २० वर्षिय डिलन श्रीष मगर, माछापुछ्रे गा.पा. ५ वस्ने २० वर्षिय सन्देश बि.क., पोखरा ६ ठाडोपसल वस्ने ३० वर्षिय सुरेश थापा, पोखरा ६ जरेवर वस्ने २९ वर्षिय महेन्द्र भण्डारी र गोरखा भिमसेन गा.पा. ८ वस्ने ३२ वर्षिय सुरेश थापासहित ५ जानालाई प्रहरीले पक्राउ गरेको हो । पुस २ गते सोमबार राती ११ बजेर ५० मिनेटको समयमा प्रहरीले बिजिवि गल्लीमा समुह बनाई नशालु पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिडिरहेको अवस्थामा फेला पारी सम्झाई बुझाई गर्दा उल्टै डिउटीमा खटिएका प्रहरीमाथि अपशव्द प्रयोग गरी विवाद गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो । तीनै समूहले पर्यटकलाई समेत दुःख दिने गरेका थिए । मादक पदार्थ सेवन गरी होहल्ला गरी अशान्ति फैलाउदै हिडिरहेका बाग्लुङ काठेखोला गाउँपालिका ५ घर भई पोखरा ५ मालेपाटन बस्दै आएका बर्ष २६ का बिक्रम थापा, स्याङ्जा गल्याङ नगरपालिका १ घर भई पोखरा १४ काजिपोखरी बस्ने बर्ष ३१ का आशिष थापालाई पक्राउ गरिएको छ । पुष ३ गते मंगलबार विहान ६ बजेर २० मिनेटको समयमा लेकसाईड स्ट्रिट नं. ४ अगाडी सडकमा मादक पर्दार्थ सेवन गरी मर्निङ वाकमा हिडिरहेका महिलाहरुलाई अपशब्द प्रयोग गरी हातपात गर्न खोज्ने वाग्लुङ नगरपालिका वडा नं. १२ घरभई पोखरा ६ वस्ने २७ वर्षिय डेविड भन्ने डिल्ली प्रसाद पौडेल समेत पक्राउ परेका छन् । उनीहरु विरुद्ध छुट्टाछुट्टै अभद्र व्यवहार सम्वन्धी कसुरमा मुद्धा चलाइएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस