Sunday, March 23News That Matters

बालकुमारी घटना प्रकण : छानविन समिती गठन

यो समाचार शेयर गर्नुहोस्

काठमाडौं

बालकुमारी घटनाबारेमा छानबिन गर्न गृहमन्त्रालयले छानबिन समिती बनाएको छ ।

दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा समिती बनाएको हो ।  ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ भने केही पक्राउ परेका छन् । प्रहरीए दुबै जनाको गोलि लागेर मृत्यु भएको बताएपनी एक जनालाई गोलि नलागेको भेटिएको छ ।

प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको हो ।मृत्यु हुनेमा दैलेख जिल्ला बस्ने २३ वर्षीय सुजन रावत तथा डोटी घर भएका २२ वर्षीय वीरेन्द्र शाह रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जनकारी दिएका थिए । 

उनका अनुसार प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी रावतको उपचारको क्रममा किष्ट अस्पतालमा तथा शाहको पाटन अस्पतालमा मृत्यु भएको हो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा।२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए ।

प्रहरीले भनेअनुसार  मृतक सुजन राउतलाई गोली नलागेको पाइएको हो । अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकका अनुसार राउतलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । ‘मेडिकल टिमले सीपीआर गर्यो, सफल नभएपछि १ः१७ मा मृतघोषणा गरिएको छ’ पाठकले भने, ‘छातीमा नीलो रंगको डाम छ ।’

प्रतिकृया दिनुहोस