Wednesday, April 30News That Matters

माघको पहिलो साता टाइगरकप 

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरामा आगामी माघको पहिलो साता टाइगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा  चौथौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघको पहिलो साता हुने अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका छन् । 

शुक्रबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारेमा जानकारी दिदैँ अध्यक्ष शर्माले प्रतियोगितामा सहभागित टिम बढेको सुनाए । यस अघि पाँच पाँच टिमको सहभागिता रहेपनि अब ६÷६ टिमको सहभागिता रहनेछ । 

चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब तथा पुरुष तर्फ श्रीलंकाको आर्मी क्लब आउँदैछ । 

महिलातर्फ हरियााणको टिमसँगै  चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लब, आयोजक गण्डकी प्रदेश, विभागिय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ क्लबको सहभागिता छ ।

त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमसँगै हेल्प नेपाल स्पोर्टस क्लब, गण्डकी प्रदेश, तिन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

यस्तै विधागततर्फ महिला तथा पुरुष खेलाडीले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् भने अन्य विद्यागत तर्फ हरेक खेलाडीले जनही नगद रु १० हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड रुपैया खर्च लाग्ने तथा प्रतियोगितालाई थप आकर्षण बनाउन र दर्शकलाई सहज ढंगले खेल हेर्न अवसर प्रदान गर्ने गरि यो वर्ष बढी क्षमताको प्याराफिट तथा स्टेज आकर्षक एवं भव्य रुपको तयार गरिन लागेको संस्थाले जनाएको छ । प्रतियोगितालाई प्रविधि मैत्री समेत बनाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा म्यान अफ दि म्याच वापत खेलाडीले केल्मी र एक्सटेपको टिशर्ट पाउने छन भने दर्शकहरुले किनेको अर्धकट्टी टिकट छनौट गरि एक जनालाई केल्मीको टिसर्ट प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस