Thursday, September 10News That Matters

खेलकुद

पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेटमा सहभागि हुने गण्डकीको टोलीलाई मन्त्री सिंम्खडा द्वारा बिदाइ

पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेटमा सहभागि हुने गण्डकीको टोलीलाई मन्त्री सिंम्खडा द्वारा बिदाइ

खेलकुद
नेपाल क्रिकेट संघको आयोजनामा यहि पौष ५ गते काठमाडौंमा सुरु हुने पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको छ । काठमाण्डौ प्रस्थान गर्नु अघि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंम्खडाले एक कार्यक्रमका विच टोलीलाई विदाई गरेकी छन् । सो अवसरमा बोल्दै मन्त्री सिंम्खडाले जितको शुभकामना दिंदै उच्च मनोबलका साथ अनुशासित भएर प्रतियोगितामा सहभागी हुन आग्रह गरिन् । उनले भनिन–“यहाँहरुलाई धेरै शुभकामना छ । अनुशासनको उदाहरण बनेर जितेर आउनुहोस हामी यहाँहरुलाई स्वागत गर्न आतुर छौं ।” गण्डकी प्रदेश सरकारले विगतमा समेत महिला क्रिकेट खेलाडीहरुलाई नगद सहित सम्मान गरिसकेको जनाउँदै मन्त्री सिंम्खडाले खेलाडीहरुलाई सम्वोधन गर्दै भनिन्–“तपाँईहरु गण्डकी प्रदेशको गहना हो । सम्पती हो । यहाँहरुको जितले गण्डकीको पहिचान ब...