Monday, October 26News That Matters

Author: डाँडाघरे खबर

भागेको दुई दिनमै जन्मकैद सजाय ठहर भएका कैदी पक्राउ, पृथ्वीचोकको गेस्ट हाउसमा लुकेका थिए!

भागेको दुई दिनमै जन्मकैद सजाय ठहर भएका कैदी पक्राउ, पृथ्वीचोकको गेस्ट हाउसमा लुकेका थिए!

ताजा समाचार, मुख्य समाचर
ज्यान र डाकासम्बन्धी मुद्दामा जन्मकैदको सजाय ठहर भएका कास्की कारागारका फरार कैदी पक्राउ परेका छन्। कास्कीको पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय सन्तोष जलारी २०८३ कात्तिक १ गते राति करिब २ बजे कास्की कारागारबाट फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीसहितको संयुक्त प्रहरी टोलीले जलारीलाई कात्तिक ३ गते दिउँसो ३ः५५ बजे पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित न्यू झरना गेस्ट हाउसबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। कास्की जिल्ला अदालतबाट जन्मकैदको सजाय ठहर भई कारागारमा सजाय भुक्तान गरिरहेका उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका ह...
पोखरामा कौडा खेल्ने र खेलाउने ७ जना पक्राउ

पोखरामा कौडा खेल्ने र खेलाउने ७ जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा । पोखरा महानगरपालिका–२६ विजयपुरबाट कौडा खेल्ने र खेलाउने ७ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज २९ गते राति करिब १२:४५ बजे विजयपुरमा कौडा खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ। पक्राउ परेका ७ जनाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो। ...
पर्यटकलाई दुःख–हैरानी दिने १५ जना कास्कीमा नियन्त्रणमा

पर्यटकलाई दुःख–हैरानी दिने १५ जना कास्कीमा नियन्त्रणमा

ताजा समाचार, मुख्य समाचर
पोखरा । चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा पर्यटक तथा सर्वसाधारणलाई दुःख–हैरानी दिने १५ जना नियन्त्रणमा परेका छन्। प्रहरीका अनुसार पोखरा महानगरपालिकाका पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोक क्षेत्रमा गरिएको कारबाहीका क्रममा सार्वजनिक सवारीसाधनमा जबरजस्ती चढाउन खोज्ने, ‘होटल मिलाइदिन्छु’ भन्दै पर्यटकका झोला तान्ने तथा करकाप गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएकामध्ये ६ जना सार्वजनिक सवारीसाधनमा जबरजस्ती चढाउन खोज्ने तथा होटल मिलाइदिने भन्दै झोला तान्ने, ८ जना अफलाइन पठाओ तथा इन्ड्राइभ चालक र १ जना बोलेरो जिप चालक रहेका छन्। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमा...
पोखरामा ७२ वर्षीय वृद्धको मृ*त्यु, कर्तव्य ज्यान मुद्दामा एक जना पक्राउ

पोखरामा ७२ वर्षीय वृद्धको मृ*त्यु, कर्तव्य ज्यान मुद्दामा एक जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा । पोखरा महानगरपालिका–२४ कार्कीको तगारामा ७२ वर्षीय पूर्णभद्र त्रिपाठीमाथि बाउसो (कोदालो) र सिसाको बोत्तल प्रहार गरी घाइते बनाएको आरोपमा फरार रहेका एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज १९ गते साँझ करिब ५ः४५ बजे भएको घटनामा घाइते त्रिपाठीलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो। चिकित्सकले साँझ ७ः२५ बजे उनलाई मृत घोषणा गरेका थिए। घटनापछि फरार रहेका सोही ठाउँका ३३ वर्षीय जगत दाहाललाई प्रहरीले साँझ ७ः१५ बजे पोखरा–२४ स्थित पामेको पुलबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले घटनास्थलबाट घटनामा प्रयोग भएको भनिएको एक थान बाउसो (कोदालो) र एक थान सिसाको बोत्तल बरामद गरेको छ। मृतकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ। पक्राउ परेका दाहाललाई कास...
जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट फरार प्रतिवादी पक्राउ

जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट फरार प्रतिवादी पक्राउ

ताजा समाचार, मुख्य समाचर
Screenshot पोखरा जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट फरार भएका सहकारी ठगीसम्बन्धी कसूरका एक प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२९ पटनेरी बस्ने ४५ वर्षीय उत्तम मगर रहेका छन्। उनी सहकारी ठगीसम्बन्धी कसूरमा पुर्पक्षका लागि कास्की कारागारमा थुनामा रहेका थिए। तालुक नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई असोज १८ गते ललितपुरको महालक्ष्मी नगरपालिका–४ सानोगाउँबाट जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा पक्राउ गरेको हो। पक्राउ परेका मगरलाई आवश्यक कारबाहीका लागि कास्की जिल्ला कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। #KaskiPolice #Pokhara #Kaski #News #PrakashAdhikari ...
पर्यटकलाई दुःख–हैरानी दिने ५ जना पोखराका विभिन्न स्थानबाट नियन्त्रणमा

पर्यटकलाई दुःख–हैरानी दिने ५ जना पोखराका विभिन्न स्थानबाट नियन्त्रणमा

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा पर्यटकलाई सस्तोमा होटल मिलाइदिन्छु भन्दै झोला तान्ने, करकाप गर्ने तथा दुःख–हैरानी दिने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज १७ र १८ गते पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोक क्षेत्रमा सञ्चालन गरिएको ‘स्वीप अपरेसन’ का क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवान ले घटनाबारे जानकारी दिएका हुन्। ...
एवान ग्रेटर नेपाल यातायात कम्पनी प्रालिको चौथो साधारणसभा सम्पन्न

एवान ग्रेटर नेपाल यातायात कम्पनी प्रालिको चौथो साधारणसभा सम्पन्न

ताजा समाचार
पोखरा ए वान ग्रेटर नेपाल यातायात प्रालिले चौथो साधारणसभा सम्पन्न गरेको छ। । शुक्रबार पोखराको सिल्भर पार्टी प्यालेसमा आयोजित कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल यातायात व्यावसायि राष्ट्रिय महासँघका केन्द्रिय अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले देसै भर छरिएर रहेका यातायात ब्यबसायी कम्पनी र सँस्थाहरुलाइ एकीकरण गर्नु पर्नेमा जोड दिदै , ट्याक्सीको सट्टा दर्ता कार्यलाइ सङ्केत गर्दै उनले भने ” एक दुई लाखमा नम्बर किनेर झोलामा हाल्ने अनि व्यावसायिलाई १७- १८ लाखमा बिक्रि गर्ने बिचौलियाको गिरोह र दलालको चक्करमा फस्न यातायात व्यावसायिहरु बाध्य भएको समेत उल्लेख गरे। गुणस्तरीय सेवा दिन चाहना राख्दै राम्रो गाडी हाल्न चाहने लाइ बिरोध नगरौ बरु हामिले पनी राम्रो गाडी हालौ अध्यक्ष सिटौलाले भने ।उद्घाटन सत्रमा मजदु्र नेता किरणबाबु पन्त , महासँघका सल्लाहकार बलराम सापकोटा , महासँघ प्रदेश सयोजक म...
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट

सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट

ताजा समाचार
पोखरा पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले दसैँतिहार तथा छठ पर्वलाई लक्षित गर्दै विभिन्न फर्निचर तथा फर्निसिङका सामग्रीमा २० देखि ३० प्रतिशतसम्म छुटको अफर सार्वजनिक गरेको छ। शनिबार आयोजित शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाटमा सञ्चालक दीपक कार्कीले अफरबारे जानकारी दिएका हुन्। २०७० असार २६ गतेदेखि सञ्चालनमा आएको सिटिजन फर्निचरले न्यूरोडमा मुख्य शोरुमसहित चारवटा आउटलेट सञ्चालन गर्दै आएको छ। सिटिजनमा सोफा, दराज, अफिस तथा डाइनिङ टेबल, कुर्सी, पर्दा, कार्पेट, डोरमेटलगायत घर तथा कार्यालयका आवश्यक सामग्री उपलब्ध छन्। सञ्चालक कार्कीका अनुसार सोफाको मूल्य २० हजारदेखि ५ लाख रुपैयाँसम्म रहेको छ। उनका अनुसार दसैँतिहार तथा छठ पर्वसम्म विभिन्न सामग्री खरिदमा छुट उपलब्ध हुनेछ। आफ्नै फ्याक्ट्रीबाट ग्राहकको मागअनुसार विभिन्न मोडलका सोफा तथा दराजसमेत तयार गर्न सकिने उनले बताए। ...
नेपाल राष्ट्रिय घर भाडा सरोकार समिति द्वारा उध्योग बाणिज्य सँघका पदाधिकारी लाइ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय घर भाडा सरोकार समिति द्वारा उध्योग बाणिज्य सँघका पदाधिकारी लाइ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीको आयोजनामा सोमवार ५ गते पोखरा उद्योग बाणिज्य सँघका नबनिर्बाचित कार्यसमितिका पदाधिकारी तथा सदस्य हरुलाइ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।आयोजित कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथि उध्योग बाणिज्य सँघ नवनिर्वाचित अध्यक्ष शोभा गौतमले आफ्नै कार्यकालमा सँघको सदस्य सख्या ५ हजार पुर्याएरै छाड्ने वताएकि छन् । सोहि अवसरमा यसकालागि यहा हरुले उध्योग बाणिज्य सँघको इतिहासमा पहिलो पटक महिलालाई नेतृत्वमा पुर्याउन महत्त्वपूर्ण भुमिका निर्वाह गरि सहयोग र योगदान पुर्याएकोमा नेपाल राष्ट्रिय घर भाडा समितिलाई धन्यवाद सहित कृतज्ञता प्रकट गरेकि छन् । उनले सोहि अवसरमा ५ हजार सदस्य पुर्याउनका लागि सबको सहयोग अपरिहार्य रहेको वताउदै आफु कमाउन भन्दा पनि अग्रजले दिएको सर सल्लाह र सदस्य हरुको सहयोगमा कुनैपनि व्यवसायि लाइ उध्योग बाणिज्य म सगै छ भन्ने अनुभु...
मिडिया कप फुटसलको उपाधि एनएसजेएफ गण्डकीलाई, बागलुङ उपविजेता

मिडिया कप फुटसलको उपाधि एनएसजेएफ गण्डकीलाई, बागलुङ उपविजेता

खेलकुद, ताजा समाचार, मुख्य समाचर
फोटो :-प्रकाश अधिकारी पोखरा, कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले जितेको छ। शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा भएको फाइनलमा एनएसजेएफ गण्डकीले नेपाल पत्रकार महासंघ बागलुङलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै एनएसजेएफ गण्डकीले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बागलुङले नगद ३० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। प्रतियोगितामा एनएसजेएफ गण्डकीका धनबहादुर गुरुङ ‘सुमन’ उत्कृष्ट प्रशिक्षक घोषित भए। उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे। नेपाल पत्रकार महासंघ बागलुङका रोहन जीसी उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गर...